पोखराबाट पाल्पा जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

तनहुँ | पुस २५, २०८०

पोखराबाट पाल्पा जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

तनहुँ:   पोखराबाट रामपुर पाल्पातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना हुँदा २ जनाको मृत्यु  भएको छ भने १० जना यात्रु घाइते भएका छन् । बुधबार बिहान तनहुँको भीमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित डेढगाँउ–भिमाद भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो ।


पोखराबाट रामपुर पाल्पातर्फ जाँदै गरेको ग १ ज ६३५६ नं.को जिप सडकदेखि करिब १५० मिटर मिटर तल खोलामा खसेको थियो ।


जिपमा चालकसहित १२ जना यात्रु सवार थिए । घाइते १२ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाडले बताए । 


घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएकामध्ये जिपमा सवार नवलपुर जिल्लाको बौदीकाली गाउँपालिका–२ बस्ने वर्ष ४२ को रुमबहादुर विक र सोही ठाउँका वर्ष ५५ का जेमलाल दरैको उपचारको क्रममा जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा मृत्यु भएको उनले बताए । 


उनका अनुसार जीप दुर्घटनामा घाइते भएका  स्याङ्जाको चापाकोट नगरपालिका–६ बस्नेहरू वर्ष ३२ की रेनु थापा, वर्ष ६ की रनिसा थापा, शुक्लागण्डकी नगरपालिका–६ बस्ने वर्ष ४८ की सेतु कार्की, पाल्पा निस्ति गाउँपालिका–२ बस्ने वर्ष २७ की पूजा सारू, भिमाद नगरपालिका–३ बस्ने वर्ष ६२ को दण्डपाणि रिजाल, घिरिङ गाउँपालिका–४ बस्ने वर्ष ५० को तिखे थापा गण्डकी अस्पताल पोखरामा उपचार भइरहेका छ । 


यसैगरी, जिपिमा उपचाररत घाइतेहरूमा नवलपुर जिल्लाको वौदिकाली गाउँपालिका–२ बस्ने वर्ष ४० को हरि ओझा, पाल्पाको  निस्ति गाउँपालिका– १ बस्ने वर्ष ६६ को ज्ञानबहादुर राना, स्याङ्जाको चापाकोट नगरपालिका–७ बस्ने वर्ष ४६ को दिनानाथ कँडेल र पाल्पा जिल्लाको रामपुर नगरपालिका–७ बस्ने वर्ष ३१ को लक्ष्मण पङ्गेनी छन् । 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्