पोखराबाट पाल्पा जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
तनहुँ | पुस २५, २०८०
तनहुँ: पोखराबाट रामपुर पाल्पातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् । बुधबार बिहान तनहुँको भीमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित डेढगाँउ–भिमाद भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो ।
पोखराबाट रामपुर पाल्पातर्फ जाँदै गरेको ग १ ज ६३५६ नं.को जिप सडकदेखि करिब १५० मिटर मिटर तल खोलामा खसेको थियो ।
जिपमा चालकसहित १२ जना यात्रु सवार थिए । घाइते १२ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाडले बताए ।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएकामध्ये जिपमा सवार नवलपुर जिल्लाको बौदीकाली गाउँपालिका–२ बस्ने वर्ष ४२ को रुमबहादुर विक र सोही ठाउँका वर्ष ५५ का जेमलाल दरैको उपचारको क्रममा जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा मृत्यु भएको उनले बताए ।
उनका अनुसार जीप दुर्घटनामा घाइते भएका स्याङ्जाको चापाकोट नगरपालिका–६ बस्नेहरू वर्ष ३२ की रेनु थापा, वर्ष ६ की रनिसा थापा, शुक्लागण्डकी नगरपालिका–६ बस्ने वर्ष ४८ की सेतु कार्की, पाल्पा निस्ति गाउँपालिका–२ बस्ने वर्ष २७ की पूजा सारू, भिमाद नगरपालिका–३ बस्ने वर्ष ६२ को दण्डपाणि रिजाल, घिरिङ गाउँपालिका–४ बस्ने वर्ष ५० को तिखे थापा गण्डकी अस्पताल पोखरामा उपचार भइरहेका छ ।
यसैगरी, जिपिमा उपचाररत घाइतेहरूमा नवलपुर जिल्लाको वौदिकाली गाउँपालिका–२ बस्ने वर्ष ४० को हरि ओझा, पाल्पाको निस्ति गाउँपालिका– १ बस्ने वर्ष ६६ को ज्ञानबहादुर राना, स्याङ्जाको चापाकोट नगरपालिका–७ बस्ने वर्ष ४६ को दिनानाथ कँडेल र पाल्पा जिल्लाको रामपुर नगरपालिका–७ बस्ने वर्ष ३१ को लक्ष्मण पङ्गेनी छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

