पोखरा महोत्सव: दर्शककै माझमा गुञ्जिए बद्री, शुक्रबार एलिना चौहान र मन्त्र ब्याण्डको प्रस्तुती

पाेखरा | माघ ४, २०८०

पोखरा महोत्सव: दर्शककै माझमा गुञ्जिए बद्री,  शुक्रबार एलिना चौहान र मन्त्र ब्याण्डको प्रस्तुती

पोखरा:  पोखराको अमरसिंह खेल मैदानमा जारी बाह्र्रौँ संस्करणको पोखरा महोत्सवमा शुक्रबार एलिना चौहान र मन्त्र ब्याण्डको प्रस्तुती रहने भएको छ ।

 

महोत्सवको नवौँ दिन दिउसोको स्टेज शो मा एलिना चौहान र सांझको लाइभ ब्याण्डमा दार्जलिङको चर्चित ब्याण्ड मन्त्र ब्याण्डको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

 

महोत्सवमा शुक्रबार एलिना संगै जिवन दाहाल, शिवहरी ढुंगाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चाँपागाई, कमला गैरे, बिनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्ड तर्फ मन्त्र ब्याण्डको प्रस्तुती रहने छ ।

 

महोत्सवमा बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए ।

 

 

बद्रीले धेरै धेरै बधाइ छ छाडिजानेलाई, पैैसा सापटी, रातो गलबन्दी, झ्याउरेको तालैमा, चप्पलै छिनियो, ससुरालीमा, पञ्चेबाजा, कान्छि हे कान्छि लगायतको गित मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए ।

 

बद्रीसंगै बिहीबार जीवन दाहाल, शिवहरी ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ, नेत्रपाणी बास्तोला, रमा राना, पुजा गुरुङ लगायतको प्रस्तुती रहेको थियो ।

 

त्यसैगरी सांझको लाइभ ब्याण्डमा सबिन राई एण्ड द फेरोहको लाइभ कन्सर्टमा युवाहरु झुमेका थिए ।

 

महोत्सवको आठौं दिनमा जारि रहदा दर्शकको भीड लागेको छभने महोत्सवमा राखिएका स्टलहरुमा ब्यापार समेत बढेको छ ।

 

महोत्सवमा जाडोयामका लत्ता कपडा, घरायसी सामाग्री किन्नेको भीड लागेको छ ।

 

त्यसैगरी महोत्सवमा भेषभूषामा तस्विर खिचाउने, हिमाली याकको अवलोकन गर्ने, नेपाल टेलिकमको निशुल्क सिम लिने, घोड सवार गर्नेको समेत भीड लागेको छ । महोत्सवमा अनलाइन मार्फत  रेभल एपबाट घरमै बसेर समेत महोत्सवमा आउने दर्शकले टिकट काट्न सक्ने र हरेक दिन तीन जनालाई निशुल्क टिकटको समेत ब्यवस्था गरिएको छ ।

काठमाडौँ:  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नुभएको छ ।   प्रधानम...

थप पढ्नुहोस्

सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ ।   मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जै...

थप पढ्नुहोस्

धरान:    यहाँको बराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ ।   अभिभावकको मागसँगै...

थप पढ्नुहोस्