टाइगर कप:  तेस्रो स्थानको लागि आर्मी र पुलिस भिड्ने

पाेखरा | माघ ५, २०८०

टाइगर कप:  तेस्रो स्थानको लागि आर्मी र पुलिस भिड्ने

पोखरा:   पोखरामा जारी चौथो टाइगरकप भलिबल प्रतियोगितामा पुरुषतर्फको दुई सेमिफाइनलसहित तीन खेल हुने भएको छ । 


पोखरा रंगशालाको भलिबल कोर्टमा हुने पहिलो खेलमा महिलातर्फ तेस्रो स्थानका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्  । 


यस्तै पुरुषतर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौं र श्रीलंकाको आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


दोस्रो सेमिफाइनल खेलमा गत संस्करणको विजेता घरेलु टोली गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । गण्डकीको टोलीमा तीन भारतीय खेलाडी रहेका छन्  । गण्डकी उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान प्रवेश गर्दा एपिएफ गत संस्करणमा फाइनलमा भोगेको हारको बदला लिँदै उपाधि नजिक पुग्न चाहान्छ ।


महिलातर्फ भने नेपाल एपिएफ क्लब र न्यू डायमण्ड स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेको छ । 

 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । 


प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

काठमाडौं: नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पद बहाली गरेका हुन् ।  अर्याललाई गृह ...

थप पढ्नुहोस्

काठमाडौं:   नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हालेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उनले पदबहाली गरेका हुन् । उनीनेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी प्रमुख हु...

थप पढ्नुहोस्

काठमाडौं:   वेस्ट इन्डिजसँगको टी–२० आई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) नेपाली टोली घोषणा गरेको छ।  क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ।  ...

थप पढ्नुहोस्