आर्मी आहा! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

पाेखरा | माघ १४, २०८०

आर्मी आहा! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश Photo Sudarshan Ranjeet

पोखरा:     गतवर्षको च्याम्पियन संकटा क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई ३–० ले पराजित गरेको हो । 


पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपको पहिलो खेलमै साविक विजेता समेत रहेको संकटा त्रिभुवन आर्मी क्लबसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ । 


आर्मीको जितमा दिनेश हेमजनले २ तथा जिलेस्पीजंग कार्कीले १ गोल गरे । गतवर्षको प्रतियोगितामा संकटा क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल पराजित गरेको थियो । 


आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्