तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ | माघ १५, २०८०

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ:     पृथ्वीराज मार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आइतबार राती दुर्घटना हुँदा मोटरसाइकलमा सवार चालकको मृत्यु भएको छ ।
  

आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको ग १ क ५०१२ नं।को मिनी ट्रक र सोही दिशामा आउँदै गरेको प्र।३–०२–००९प ८५३० नं।को मोटरसाइकल ठक्कर खाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । 


दुर्घटनामा मोटरसाइकल चालक आबुखैरेनी गाउँपालिका–३ बस्ने वर्ष २६ को सफल राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।


दुर्घटनामा घाइते भएपछि रानालाई आबुखैरेनी अस्पतालमा उपचार गरी थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा राती १२ बजे चिकित्सकले मृत घोषणा गरेको  उनले जनाए । मिनी ट्रक र त्यसको चालक इलाका प्रहरी कार्यालय आबुखैरेनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:  स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मोल तोलमा रु। तीन सयले बढेको छ भने चाँदी रु। १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

थप पढ्नुहोस्

काठमाडौं:  दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।दोलखाको भिमेश्वर नगरपालिका–६ रमितेडाँडामा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। लामोसाँघु–जिरी सडकखण्डको र...

थप पढ्नुहोस्

रौतहट: रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका लक्ष्मण पासवानलाई प्रहरीले पक्राउ गरेको छ। माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फ आमाको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटो...

थप पढ्नुहोस्