पोखरामा लुडो खेलिरहेका ५ जना ७२ हजार नगदसहित प्रकाउ
पाेखरा | माघ २१, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लुडो (जुवा) खेलिरहेका ५ जनालाई ७२ हजार २ सय २५ रुपैयाँसहित प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका–११ धरहरा मार्गमा लुडो (जुवा) खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलिले ५ जनालाई लुडो खेलिरहेको अवस्थामा नगदसहित प्रकाउ गरेको हो ।
लुडो खेल्दे गरेको अवस्थामा पोखरा महागनरपालिका–११ बस्ने ३२ वर्षीय प्रदिप बहादुर गुरुङ, ३० वर्षीय सुनिल सारु मगर, ४५ वर्षीय धनश्री पुन, ४८ वर्षीय किसान पुन र पोखरा– लेकसाईडबस्ने ३९ वर्षीय विकास विकलाई ७२ हजार २सय २५ सहित प्रकाउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट लुडो खेल्ने प्रयोग हुने १ थान बोर्ड, विभिन्न रंगका १६ थान गोट्टी, लुडोको गोट्टी हल्लाउन प्रयोग हुने बट्टा १ थान र ७२ हजार २ सय २५ रुपैयाँ नगद बरामद गरेको कास्की प्रहरीले जनाएको छ ।
प्रकाउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुुर (जुवा खेल्न वा सट्टेवाजी) गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...
पाल्पा: शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...
भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

