मदरल्याण्डमा त्रिदिवसीय कला प्रदर्शनी
पाेखरा | माघ २६, २०८०
पोखरा: पोखराको मदरल्याण्डमा बुधबारबाट सुरु भएको त्रिदिवसीय बृहत् सांस्कृतिक कार्यक्रम, कला प्रदर्शनी तथा विविध सम्मान शुक्रबार विद्यालय प्राङ्गणमा संस्कृति संरक्षणमा जोड दिँदै सम्पन्न भएको छ।
कक्षा नर्सरीदेखि १२ सम्मका करिब एक सय चालिस प्रस्तुतिहरू राख्दै सम्पन्न भएको उक्त कार्यक्रममा २ हजारभन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाएको विद्यालयले जनाएको छ ।
तीन दिनसम्म नै सङ्गीतमय बनेको त्यस विद्यालयको कार्यक्रममा विविधतामयी नेपाली संस्कृतिलाई पूर्ण रूपमा समेट्ने विषयवस्तुका साथ पृथ्वी तथा प्रकृति जोगाउनुपर्छ, परोपकार गर्नुपर्छ, अरूमाथि दया देखाउनुपर्छ, संस्कृतिको संरक्षण गर्नुपर्छ आदिजस्ता सन्देशमूलक विभिन्न गीत तथा नृत्य, गायन, नाटकरप्रहसन, भजन, गाईजात्रा आदि प्रस्तुत गरिएका थिए ।
कार्यक्रमको समापन समारोहमा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले संस्कारयुक्त जीवन उपयोगी सिप प्रदान गर्ने कुरामा प्रष्ट पार्दै बाल बालिकाको पहिलो पाठशाला घर र पहिलो शिक्षक अभिभावक नै भएको बताए।
सोही अवसरमा विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरी देश तथा विदेशसम्म आफ्नो पहिचान बनाउन सफल भएको प्रशंसा गर्दै आचार्यले अब कमजोर सामुदायिक विद्यालयलाई सघाउँदै अगाडि बढ्न सुझाव दिए।
कार्यक्रममा विद्यालय निर्देशक त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल, पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्य लगायतले संस्कार र संस्कृतिको प्रवर्द्धन, विकास र संरक्षणमा विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकले विशेष भूमिका खेल्न सक्ने कुरामा जोड दिँदै बोलेका थिए।
त्यसै गरी कार्यक्रममा मानव जीवनसँग सम्बन्धित समसामयिक विषयवस्तु समेटिएका मुहारचित्र, दृश्यचित्रहरू, स्केच तथा विभिन्न रङको संयोजनका साथ विद्यार्थीद्वारा तयार पारिएका कला तथा चित्रहरू पनि प्रदर्शन तथा बिक्री गरिएको कुरा विद्यालयका कला शिक्षक डिबी गुरुङले बताए।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

