‘कथा हाम्रो व्यथा पुर्खाको’ बोकेर पोखरा आइपुगे निर्देशक चाम्स
पाेखरा | माघ २६, २०८०
पोखरा: फागुन ११ गतेदेखि नेपाली हलमा प्रदर्शन हुन लागेको गोर्खा वारियर फिल्मी निर्माता टोली प्रचारप्रसार गर्दै आज (शुक्रबार) पोखरा आइपुगेको छ ।
‘कथा हाम्रो व्यथा पुर्खाको’ गोर्खा वारियरको प्रदर्शन मिति नजिकिएसँगै निर्देशक मिलन चाम्स प्रचारप्रसार गर्न देश दौदहामा निस्किएका हुन् ।
शुक्रबार पोखरा आइपुगेका गोर्खा वारियरका निर्देशक मिलन चाम्सले पत्रकारहरुसँग गफिदै करिव ७० वर्ष अगाडिको इतिहासलाई चलचित्रमा समावेश गरिएको सुनाए ।
‘कथा हाम्रो व्यथा पुर्खाको हो । गोर्खालीहरुको करिव २ सय ९ वर्षको इतिहाससँग जोडिएका धेरै विरताका कथाहरु छन्, यो करिव सातौ पुस्ताको कथालाइ चलचित्रमा समावेश गरेका छौं, निर्देशक चाम्सले भने, ‘जंगलवारको युद्धमा गोर्खाली सेनाहरुको वास्तविक कथावस्तुमा आधारित करिव ७०÷८० वर्ष अगाडिको इतिहासलाई चलचित्रमा समावेश गरेका छौं ।’
नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो जंगलवार चलचित्र भएको निर्देशक चाम्सले बताए । ‘नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो जंगलवार मुभी, यता बित्रिसमा हेर्ने हो भने त जंगलवार पहिलो मुभी हो ।’ उनले भने ।
उनले जंगलवारमा गोर्खालीको इतिहास, बहादुर र हाम्रा पुर्खाले भोगको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी चलचित्र निर्माण गरेकोसमेत बताए ।
‘गोर्खा वारियर चलचित्रमा पुर्खाको कथालाई समावेश गरेका छौं । गोर्खालीको इतिहास, बहादुर र हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र परिवेशलाई समेटेका छौं, उनले भने, ‘यस सिनेमाले आम नेपाली जनता यो देशको रक्षक हौं भन्ने विषय समेटेको छ, सिनेमा मात्र बोल्दैन, कल्चर मात्र बोल्दैन ।’
काठमाडौं: ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ । कार्...
काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

