गण्डकीका सांसद थापाको तलबभत्ता: विकास निर्माणदेखि बिरामीको उपचारमा खर्च

पाेखरा | माघ २७, २०८०

गण्डकीका सांसद थापाको तलबभत्ता: विकास निर्माणदेखि बिरामीको उपचारमा खर्च

पोखरा:  गण्डकी प्रदेश सभाका सांसद विन्दुकुमार थापाले पाएको तलब भत्ता विकास निर्माणदेखि विभिन्न सामाजिक कार्यमा खर्च गरेका छन् । 


गण्डकी प्रदेश सांसदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थापाले एक वर्ष सम्म पाएको पारिश्रमिक आफ्नो क्षेत्रको विकास निर्माणदेखि सामाजिक कार्यमा खर्च गरेका हुन् । 


कास्की निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेपाली कांग्रेसबाट दोस्रो पटक निर्वाचित थापाले ०७९ पुस २५ देखि पाएको ८ लाख ९६ हजार १ सय ६० मा रकम थप गरेर ११ लाख १२ हजार ६ सय ५ रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको सांसद थापाले बताए । 


गण्डकी प्रदेश सभाको पहिलो कार्यकालमा पनि सांसदले पाउने तलब भत्ता विकास निर्माणमा नै खर्च गरेका सांसद थापाले दोस्रो कार्यकालको तलब भत्तालाई विकास निर्माणमा खर्च गर्ने बताएका हुन् । 


सांसद थापाले प्रदेश सभाको विभिन्न बैठकभत्तादेखि मासिक पारिश्रमिक आफ्नो क्षेत्रको विकास निर्माणदेखि सामाजिक कार्यमा खर्च गरेका हुन् । 


सांसद थापाले पोखरा महानगरपालिका–१६ शान्ति टोलका ५ जनाको घरमा खानेपानीको धारा जडानदेखि विभिन्न बिरामीलाई आर्थिक सहयोग र विकास निर्माणमा खर्च गरेका हुन् । 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्