फेकोफन पोखरा ३३ को अध्यक्षमा विजय
पाेखरा | फागुन २, २०८०
पोखरा: सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पोखरा ३३ का वन समुहको भेलाले विजय आचार्यको नेतृत्वमा ७ सदस्य वडा कमिटि सर्वसम्मत चयन गरेको छ ।
सो कमिटिको उपाध्यक्ष गंगाबहादुर पुन, सचिव कर्णकुमारी महत,कोषाध्यक्षमा पवित्रा सुनार र सदस्यहरुमा यज्ञ प्रसाद लामिछाने, निशा थापा र सम्वरबहादुर पौडेल रहनु भएको छ ।
पोखरा महानगरपालिका वडा नं. ३३ का अध्यक्ष रामचन्द्र अधिकारीले भेलाको उद्घाटन गर्दै विकास निर्माणमा वन ऐन तथा नियमावलीहरु बाधक बन्न नहुने बताउनुभयो ।
सामुदायिक वनको विचमा रहेको वस्तिका जनतालाई बाटो निर्माण गर्न स्थानीय सरकारले बजेटको व्यवस्था बाटो खन्दा वन समुहका पदाधिकारीलाई कार्वाहीमा पर्र्ने अवस्थाको अन्त्य हुनु पर्नेमा उहाँको जोड थियो ।
प्राकृतिक श्रोतलाई विकास निर्माणसंगै स्थानीय जनताको जिविकोपार्जनको आधार बनाउनु पर्ने बताउँदै अध्यक्ष अधिकारीले वन समुहलाई वडा कार्यालयमा सुचिकृत हुन आग्रह गर्नुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बाँस्तोलाले वन क्षेत्रमा काठ मात्र नभई अन्य आयआर्जनका सम्भावना खोज्नु पर्ने आवश्यकता औल्याउनुभयो । स्वदेशी काठ जंगलमा कुहिएर खेर जाने र विदेशी काठ आयात गर्ने परिपाटिको अन्त्य हुनु पर्नेमा उहाँको जोड थियो ।
वन महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले वन पैदावार उपयोग गर्दा प्रकृया मिलाउन उपभोक्ताहरुलाई आग्रह गर्नुभयो । समुहको वन कार्ययोजनाले दिएका अधिकार भित्र रहेर वन पैदावारको उपयोग गर्नुहोस अप्ठेरो पारेमा महासंघले सहयोग गर्ने उहाँको प्रतिवद्धता थियो ।
महासंघ कास्की अध्यक्ष विश्वनाथ लामिछानेले जिल्लामा ५०९ वटा सामुदायिक वन समुह रहेको जानकारी दिंदै आर्थिक पारदर्शिता र सुशासानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो ।
बाँदर लगायतका जंगली जनावरले दुःख दिएको, स्थानीय सरकारले वन क्षेत्रमा बाटो खन्दा उपभोक्ता कार्वाहीमा पर्ने, वन पैदावार उपयोगमा झन्झटीलो व्यवस्थाको कारण दुःखका साथ हुर्काएको जंगल अहिले आएर प्रयोग विहिन बन्दै गएको सहभागि उपभोक्ताको गुनासो थियो ।
पोखरा वन महासंघका उपाध्यक्ष भरतराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव सिता सापकोटाले सञ्चालन गर्नुभएको थियो । सो वडामा ३१ सामुदायिक वन रहेका छन् ।
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । अख्तियार द...

