पोखरामा हरित रोजगारी सिर्जना परियोजना कार्यान्वयन
पाेखरा | फागुन ५, २०८०
पोखरा: पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना सम्बन्धी परियोजना कार्यान्वयनका लागि सरोकारवालाहरूसँग छलफल गरिएको छ ।
साइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्न आवश्यक परियोजना कार्यान्वयनका लागि यसअघि नै पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच सम्झौता भएको थियो ।
परियोजनाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई अभिवृद्धि गर्न उपयुक्त माध्यम सिर्जना गर्दै महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयू उद्यमहरूको क्षमता निर्माण सहित हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ । यस्तै ग्रीन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ ।
ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना र हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो आरयू उद्यमहरूलाई बढवा दिन महानगरपालिकाले उपयुक्त वातावरण सिर्जना गर्ने र पर्याप्त तथा आवश्यक मानव संसाधनहरूको व्यवस्थापन गर्नेछ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयू उद्यमहरूलाई अभिवृद्धि गर्न दिगो नीतिको सुनिश्चितता सहित परियोजनाको स्वामित्व समेत लिनेछ ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले यस परियोजना मार्फत युवाहरूका लागि रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ । दिगो रिसाइकल र अप–साइकल मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि आवश्यक रहेको कोइकाले बताएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रिसाइकल र अप–साइकल मार्फत हरित रोजगारी सृजना गर्दै युवाहरूलाई रोजगारीसँग जोड्ने महानगरपालिकाको योजना कार्यान्वयनमा यो परियोजना प्रभावकारी हुने बताउनुभयो । “यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ ।” उहाँले भन्नुभयो ।
परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । परियोजनाले रिसाइकल र अप–साइकल मार्फत नयाँ सामाग्रीहरू उत्पादन गर्नेछ । यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।
काठमाडौं: ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ । कार्...
काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

