बिटी कपमा प्रिक्वाटर समिकरण पूरा
पाेखरा | फागुन ६, २०८०
पोखरा: बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलको समिकरण पूरा भएको छ ।
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (आइतबार) दोस्रो चरणका सबै खेल सकिएसँगै प्रिक्वाटरफाइनलका समिकरण पूरा भएको हो ।
बेलिज एफसी र दिव्यज्योती युवा क्लबबीच आज भएको पहिलो खेल १–१ गोलको बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्योतीले ५–४ गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गर्याे ।
खेलमा बेलीजका लागि नकुल तामाङले १ गोल गरेका थिए भने दिव्यज्योतीको तर्फबाट विशाल गुरुङले १ गोल गरेका थिए ।

यस्तै कलमपोखरी र लामागाउँ टिम ‘ए’ बीच भएको दोस्रो निर्धारित समया खेल गोलरहित भएपछि टाइब्रेकरमा ९–८ गोल अन्तरले लामागाउँ विजयी बन्यो ।
तेस्रो खेलमा एट टु नाइनले लामागाउँ टिम ‘बि’लाई १–० गोल अन्तरले पराजित गर्याे । एट टु नाइनको जीतमा धु्रव घिमिरेले निर्णायक गोल गरे ।
यस्तै चौथो खेलमा म्याक्सवेल पोखराले रत्नसमाज क्लब कस्केरीमाथि १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । म्याक्सवेलको जीतमा अर्जुन थकालीले निर्णायक गोल गरे । अब म्याक्सवेलले प्रिक्वाटरमा तारा एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
पाँचौ खेलमा नमस्ते ब्रदर्शले मण्डला एफसीलाई ३–० गोल अन्तरले पराजित गर्याे । नमस्तेको जीतमा शोभित भण्डारीले २ गोल र आशिष छन्त्यालले १ गोलको योगदान दिए ।
यसैगरी आज भएको अन्तिम खेलमा एन टु क्याफेले एपेक्स काँडेमाथि ४–० गोल अन्तरले सहज जीत निकाल्यो । एन टुको जीतमा विक्रान्त लामाले २ गोल गरे भने उर्गेन लिम्बु र अभय राणाले समान १ गोलको योगदान दिए ।
खेल संयोजक रामकाजी गुरुङका अनुसार सोमबारदेखि प्रिक्वाटरका खेल हुनेछन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

