लायन्स क्लब अफ पोखरा चौतारीद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी वितरण
काठमाडाैं | फागुन ९, २०८०
पोखरा: लायन्स क्लब अफ पोखरा चौतारीले माछापुच्छ«े गाउँपालिका–२ मा रहेको वाराही आधारभुत विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी वितरण गरेको छ ।
गरिमा बिकास बैँकको मुख्य प्रायोजन रहेको सो कार्यक्रममा बैैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी वितरण गरे ।
कार्यक्रममा प्रमुख अतिथि ढकालले सरकारको लगानीले मात्र कुनै पनि क्षेत्र सुधार नहुने बताउँदै निजि क्षेत्र र सामाजिक संघसंस्थाको भुमिकालाई प्रभावकारी ढंगले लैजानुपर्ने बताए ।
बैँकले आफ्नो सामाजिक उत्तरदायित्वको बिषयलाई गम्भीरताका साथ लिएको उनको भनाई छ ।
माछापुच्छ«े गाउँपालिका–२ का वडा अध्यक्ष गणेश आचार्यले संस्थाहरुको सहयोग र स्थानीय तहको प्रयासले विद्यालयमा विद्यार्थीहरुको संख्यामा वृद्धि हुदै गएको बताए ।
कार्यक्रममा लायन्सका डिष्ट्रिक चिफ एड्भाइजर प्रजापति बास्तोला, मोहानबाबु खड्का, पुरुशोत्तम पराजुली, शिक्षक अभिभावक संघका अध्यक्ष तिर्थबहादुर गुरुङ, कृष्ण आचार्य लगायतले लायन्सले गरेको योगदानको चर्चा गरे ।
विद्यालयका प्राचार्य रामप्रसाद आचार्यले न्युन आय भएका अभिभावकका बालबालिका पढ्ने यस विद्यालयमा संस्थाको सहयोगले गर्दा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताए ।
कार्यक्रममा ५२ जना विद्यार्थीहरुलाई प्रजातन्त्र दिवसको अवसर पारी करिब २ लाख बराबरको न्यानो कपडा तथा स्टेशनरी वितरण गरिएको थियो ।
म्याग्दी: मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकाताबाट...
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् । बिहीबार भएका ...
पोखरा: पुसको जाडोको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो । मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादा...

