बागलुङ बसपार्कबाट ५ लाख बढीको अवैध सामानसहित रानाभाट प्रकाउ

पाेखरा | फागुन ११, २०८०

बागलुङ बसपार्कबाट ५ लाख बढीको अवैध सामानसहित रानाभाट प्रकाउ

पोखरा:   पोखरामा ५ लाख बढीको अवैध सामानसहित सुरत बहादुर रानाभाट प्रकाउ परेका छन् । प्रहरीले रानाभाटलाई बागलुङ बसपार्कबाट विल नभएका अवैध सामानसहित बिहीबार प्रकाउ गरेको हो । 


कास्कीको माछापुच्छ«े गाउँपालिका घाचोक भई पोखरा–४ बागलुङ बसपार्कमा घर भाडामा लिएर स्रोत नखुलेको अवैध विभिन्न चुरोट, गुट्का जुस लगायतका मालसामानहरु बेचबिखन गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो । 


रानाभाटले भाडामा लिएको घरबाट बिल नभएको ५ लाख २८ हजार ७ सय १० रुपैयाँ बराबरको बिल विनाको चुरोट, गुट्का, जुस लगायतका अवैध सामान र ग २ च ३७२ नम्बरको मारुती कारसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । 


प्रकाउ परेका रानाभाटलाई थप अनुसन्धानका लागि राजश्व कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्