लामाचौरमा गुडिरहेको बस माथि विद्युतको पोल ढलेपछि...
पाेखरा | फागुन २३, २०८०
पोखरा: पोखराको लामाचौरमा गुडिरहेको स्कुल बस माथि विद्युत पोल ढलेको छ । बुधबार बिहान लामाचौरबाट नदीपुरतर्फ आउँदै गरेको स्कुल बस माथि विद्युत पोल ढलेको स्थानीयहरुले बताएका छन् ।
स्थानीयका अनुसार लामाचौरबाट विद्यार्थी लिएर नदीपुरतर्फ आउँदै गरेको ग १ क २३९४ नम्बरको स्कुल बस माथि विद्युतको पोल ढलेको हो । विद्युत पोल ढलेपछि त्यस क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरण मालेपाटन शाखाका सूचना अधिकारी प्रदिप कुमार भुवाजीले लामाचौरमा विद्युतको पोल ढलेको सूचना प्राप्त भएको जानकारी दिए ।
‘ लामाचौरबाट नदीपुरतर्फ आउँदै गरेको स्कुल बसमाथि विद्युतको पोल ढल्यो भन्ने सूचना आएको छ’, भुवाजीले भने, ‘बसले ठक्कर नदिई पोल ढल्दैन हाम्रो टोली लामाचौरतर्फ जाँदै छ, थप विवरण केही समयमा आउँला ।’
विद्युतको पोल स्कुल बस माथि ढले पनि मानविय क्षति भने भएको छैन् ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

