पोखराको बेसीमार्गमा सरकारी जग्गा मिचेर बनाइएका संरचनामा महानगरको डोजर

पाेखरा | फागुन २४, २०८०

पोखराको बेसीमार्गमा सरकारी जग्गा मिचेर बनाइएका संरचनामा महानगरको डोजर

पोखरा:    पोखरा महानगरपालिका–२ बेसीमार्गमा सरकारी जग्गा मिचेर बनाइएका संरचनामा महानगरपालिकाले डोजर लगाएर भत्काएको छ । सरकारी जग्गामा व्यक्तिले मिचेर बनाइएका संरचनामा वडा कार्यालयको पहलमा आज (बिहीबार) डोजर लगाएर भत्काएको हो । 


पोखरा महानगरपालिका–२ का वडाध्यक्ष विवसमान प्रधानाङ्गले सरकारी जग्गा मिचेर बनाइएका १ सय मिटर क्षेत्रको अस्थायी संरचना हटाइएको बताए । 


‘वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुलसम्म सार्वजनिक जग्गा मिचेर व्यक्ति र विद्यालयले वाल निर्माण गरेका थिए’, वडाध्यक्ष प्रधानाङ्गले भने, ‘जिल्ला नापी कार्यालय कास्कीको फिल्ड वुकमा यस स्थानमा सार्वजनिक बाटो कायम छ, सरकारी जग्गामा निर्माण भएका अस्थायी संरचना हटाउन सूचना प्रकाशित गरिएपनि नहटाएपछि आज हटाएका हौं ।’


उनले अस्थायी संरचना हटाइएका सार्वजनिक क्षेत्र वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुलसम्म सडक निर्माण हुने बताए । 


पोखरा महानगरपालिका–२ ले सार्वजनिक जग्गा मिचेर बनाइएका वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुल गेटसम्म करिव १ सय मिटर लम्बाई र ६ मिटरको चौडाइमा पक्की सडक बनाउने योजना अगाडि सारेको छ । 

 


 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्