बेगनासतालमा राष्ट्रिय स्तरको ड्रागन बोट रेस प्रतियोगिता, विजेतालाई २ लाख
पाेखरा | चैत ७, २०८०
पोखरा: लेखनाथको बेगनासतालमा राष्ट्रियस्तरको ड्रागन बोट रेस हुने भएको छ ।
ड्रागन बोट एसोसियसन गण्डकी प्रदेश, पोखरा महानगरपालिका र होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथको संयुक्त आयोजनामा पहिलो संस्करणको ड्रागन बोट रेस आयोजना गर्न लागिएको हो ।
बेगनासतालको पिप्ले टुडादेखि मन्दरेपार्क सम्मको दुरीमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष तथा प्रतियोगिता संयोजक विरभद्र कंडेलले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगितामा १२ समूहको सहभागिता रहनेछ ।
प्रतियोगिता ५ सय र २ सय मिटर गरी दुई विधामा प्रतियोगिता सञ्चालन गरिने कंडेलले बताए ।
उनका अनुसार प्रतियोगितामा ५ सय मिटरतर्फ प्रथम हुनेले २ लाख, द्वितिय हुनेले १ लाख ५० हजार र तृतिय हुने टिमले ७५ हजार प्राप्त गर्नेछ ।
यस्तै २ सय मिटरतर्फ प्रथम हुनेलाई १ लाख द्वितियलाई ५० हजार र तृतियलार्ई नगद रु २५ हजार पुरस्कार प्रदान गरिने छ ।
यसअघि फेवातालमा अन्तरराष्ट्रिय स्तरको नेपालमै पहिलोपटक ड्रागन बोट रेस भएको थियो ।
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

