भण्डारढिकमा नेकोस खेल महोत्सव जारी, आज सेमिफाइनल समिकरण पुरा हुदैं

पाेखरा | चैत ७, २०८०

भण्डारढिकमा नेकोस खेल महोत्सव जारी, आज सेमिफाइनल समिकरण पुरा हुदैं PHOTO: UMESH PUN

पोखरा:  लेखनाथको भण्डारढिकमा जारी सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलतर्फ आज सेमिफाइनलको समिकरण पुरा हुने भएको छ ।

 

सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा गत ३ गते देखि जारी खेल महोत्सव अन्तरगत आज फुटबलतर्फ अन्तिम क्वाटरफाइनल खेल सहारा क्लब र विष्णुपादुका क्लबबीच हुनेछ । 

 

यस खेलसकिएसँगै सेमिफाइनलको समिकरण पुरा हुनेछ । 

 

उक्त खेलको विजेता टोलीले दोस्रो सेमिफाइनल खेलका रुपमा भोलि (बिहीबार) आदर्श क्लब भण्डारढिकसँग भिड्नेछ ।

 

आदर्श क्लब भण्डारढिकले क्वाटरफाइनलमा अन्नपूर्ण गाउँपालिकालाई पराजित गर्दै सेमिफइनलमा प्रवेश गरिसकेको खेल संयोजक विष्णु पुनले जानकारी दिए ।

 

उनका अनुसार पहिलो सेमिफाइनल खेल आज एलसी ब्रदर्श लामाचौर र आरएस बिच फुटबल क्लबबीच दिउँसो २ बजे हुनेछ । 
 

एलसी ब्रदर्शले आयोजक टिम नेकोसलाई क्वाटरफाइनलमा हराउँदै अन्तिम चारमा उक्लिएको थियो भने आरएस क्लबले संगम क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

 

प्रतियोगिताको विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

काठमाडौं:   विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...

थप पढ्नुहोस्

ढोरपाटन:  बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...

थप पढ्नुहोस्

पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ ।      गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

थप पढ्नुहोस्