बेगनासतालमा प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता सुरु

पाेखरा | चैत ११, २०८०

बेगनासतालमा प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता सुरु

पोखरा:     नेपालमा पहिलो पटक पर्यटन राजधानी पोखराको सुन्दर बेगनासतालमा प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता २०८० सुरु भएको छ । 


प्रतियोगितामा ३ महिला र ११ पुरुष गरी १४ समूहको सहभागिता रहेको छ । २ सय र ५ सय मिटर गरी दुई वटा इभेन्टमा प्रतियोगिता सञ्चालन हुनेछ ।


विजेताले नगद रु २ लाख पुरस्कार हात पार्नेछ । यस्तै २ सय मिटर तर्फको विजेताले नगद रु।१ लाख पुरस्कार पाउने छ भने, उपविजेताहरुले पनि नगद पुरस्कार हात पार्नेछन् ।


पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल ड्रागन सङ्घ गण्डकी र लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता गरिएको हो ।

काठमाडौं:   विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...

थप पढ्नुहोस्

ढोरपाटन:  बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...

थप पढ्नुहोस्

पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ ।      गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

थप पढ्नुहोस्