पोखरामा थालियो १९ औं फेवा नववर्ष महोत्सवको तयारी

पाेखरा | चैत १९, २०८०

पोखरामा थालियो १९ औं फेवा नववर्ष महोत्सवको तयारी

पोखरा:  नेपाली नयाँ वर्षको अवसरमा पोखरामा १९ औं संस्करणको फेवा नववर्ष महोत्सव हुने भएको छ ।

 

होटल संघ पोखराको आयोजनामा हुने सो महोत्सवबारे पोखरामा आज पत्रकारसम्मेलन गर्दै जानकारी दिइएको हो ।

 

होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले उक्त महोत्सव यही चैत २९ देखि वैशाख १ गतेसम्म महोत्सव आयोजना  हुने बताए ।
 

उनले सो महोत्सवपश्चात आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्बिने विश्वास रहेको बताए । 

 

उनका अनुसार सो महोत्सव पोखराको खहरेचोकदेखि ड्यामसाइडचोकसम्म सडकमा विविध सांस्कृतिक कार्यक्रमसहित मनाइनेछ । उनले उक्त सडकखण्डका विभिन्न चौतारीमा नेपालीपन झल्किने खालका बाजागाँजासहित साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुने बताए ।  

 

 

उनले विशेषगरी नेपाली समुदायमा प्रचलित मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने उद्धेश्य रहेको उल्लेख गरे ।

 

सो महोत्सवमा करिव ३ लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षा लिएको छ ।

 

महोत्सवमा परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकी ¥याली, पर्यटक दौड प्रतियोगिता लगायतको कार्यक्रम आयोजना गरिने छ ।

 

सो अवसरमा होटल संघ पोखरामा आवद्ध होटलहरुमा महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुटकोसमेत व्यवस्था गरिएको संघले जनाएको छ । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्