ओली पोखरामा भोलि आउने

पाेखरा | चैत २२, २०८०

ओली पोखरामा भोलि आउने

पोखरा:  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भाेलि (शुक्रबार) पोखरा आउने भएका छन् ।

पार्टीको कास्की शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा ओलीलाई प्रमुख अतिथिका रुपमा निम्त्याइने सचिव दर्शन लामाले जानकारी दिए ।

 

उनका अनुसार पोखरा सभागृहमा शुक्रबार बिहान १० बजेदेखि सपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।

 

अध्यक्ष सहभागी कार्यमलाई भव्य र सभ्य बनाउन पार्टी कास्की कमिटीदेखि पोखरा महानगर कमिटी लगायत जनसंगठनहरुले तयारीलाई तीब्रता दिएका छन् । जिल्ला कमिटीले जनसंगठनहरुको भेला बोलाई तयारीलाई चुस्त बनाउन निर्देशन दिएको छ । नवनिर्वाचित अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जिल्लामा रहेका सबै संगठनहरुले धेरै भन्दा धेरै कार्यकर्ता सहभागी गराउन आग्रह गरे ।

 

भेलामा सहभागी जनसंगठनका पदाधिकारीले कार्यक्रमलाई भव्य बनाउन आफ्ना तर्फबाट कुनै कसर बाँकी नराख्ने बचनवद्धता प्रकट गरे ।

 

पोखरा महानगर कमिटिको बैठक बसी कार्यक्रम सफल पार्न विभिन्न निर्णय गरेको सचिव जीवन आचार्यले जानकारी दिए ।

 

अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा बुधबार बसेको १५ औं पूर्ण बैठकले नवनिर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै उनीहरुका पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमलाई सफल बनाउने निर्णय गरेको आचार्यले जनाए ।

 

अध्यक्ष न्यौपानेले पोखराका ३३ वटै वडाबाट प्रत्येक वडाले कम्तिमा ५० जना र जनसंगठनले २० जना सहभागी गराउन निर्देश गरे । क्षेत्र नं. १ मा समन्वय गर्न नवनियुक्त कार्यालय सचिव नरेन्द्र ढुंगाना, क्षेत्र नं. २ मा जीवन आचार्य, क्षेत्र नं. ३ मा रामचन्द्र थापा र जनसंगठनमा समन्वय गर्न उपाध्यक्ष मोहन गुरुङलाई जिम्मेवारी तोकेको छ ।

 

एमाले कास्कीको गत १४ चैतमा सम्पन्न ११ औं अधिवेशनले बैन बहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको थियो ।उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसचिवमा लालबहादुर परियार र सन्तुदेवी सुवेदी निर्वाचित भएका थिए ।

 

गण्डकीमा नयाँ सरकार निर्माणमा संकट आइरहँदा केपी ओलीको पोखरा आगमनलाई महत्वका साथ हेरिएको छ ।

पाल्पा:   पाल्पामा बुधबार बेलुका भएको बोलेरो जीप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ । नवलपुर जिल्लाको अरूणख...

थप पढ्नुहोस्

काठमाडौं:         आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीव...

थप पढ्नुहोस्

बागलुङ:     बागलुङको ढोरपाटन नगरपालिकामा जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बुतिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको ग२च २३१४ नम्बरको बोलेरो जीप मस्तीमा दुर्घटना हुँद...

थप पढ्नुहोस्