बिरालोले टोकेपछि सेती अस्पतालमा सुई लगाउन गएकी महिलाको मृत्यु

धनगढी | चैत २२, २०८०

बिरालोले टोकेपछि सेती अस्पतालमा सुई लगाउन गएकी महिलाको मृत्यु

धनगढी:     बिरालोले टोकेपछि रेबिज विरुद्धको सुई लगाएकी कैलालीकी सीता डगौराको उपचारका क्रममा मृत्यु भएको छ।


भजनी नगरपालिका(४, खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० वर्षीया डगौरालाई चैत १५ मा बिरालोले टोकेको थियो। त्यसपछि उनी रेबिज विरुद्धको सुई लगाउन सेती प्रादेशिक अस्पताल, धनगढीमा पुगेकी थिइन्।


आफन्त मनीषा चौधरीका अनुसार घरमै पालेको बिरालोले डगौराको खुट्टामा टोकेको थियो। उनले सोही दिन सेती अस्पतालमा रेबिज विरुद्धको सुई लगाएकी थिइन्।


दोस्रो डोज लगाउन चैत १८ गते अस्पताल पुगेकी थिइन्। सुई लगाउने बित्तिकै आफूलाई अप्ठ्यारो भएको भन्दै घरमा फोन गरेकी थिइन्। घरबाट आफन्त अस्पताल पुग्दा भेन्टिलेटरमा राखिसकिएको चौधरीले बताइन्।


उपचारका क्रममा आज बिहान मृत्यु भएको भन्दै अस्पतालले खबर गरेको उनले बताइन्। “अस्पतालले आज शव बुझ्न अनुरोध गरेको छ,” चौधरीले भनिन्।


स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको भन्दै आफन्तजनले विरोध जनाएका छन्। “आफैं हिंडेर सुई लगाउन आएको मान्छेको ज्यान गएको छ,” चौधरीले भनिन्, “कुनै ठूलो घाउ वा चोट पनि थिएन। यो त सरासर लापरवाही हो।”


सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। शेरबहादुर कमरका अनुसार बिरालो, कुकुर सहित जंगली जनावरले टोकेपछि रेबिज विरुद्धको सुई लगाउनुपर्छ। रेबिज विरुद्धको सुई लगाउँदा विरलैमा यस्तो समस्या देखिने गरेको डा। कमरको भनाइ छ। “अस्पताल वा चिकित्सकको कुनै गल्ती छैन, लापरवाही पनि भएको छैन,” डा। कमर भन्छन्, “कहिलेकाहीं यस्तो समस्या देखिन्छ।”


डगारौका परिवारजनले भने शव बुझ्न मानेका छैनन्। उनीहरू विरोधमा उत्रिएका छन्।
 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्