पोखरामा नयाँ वर्षमा नयाँ नाटक मञ्चन हुँदै

पाेखरा | चैत २२, २०८०

पोखरामा नयाँ वर्षमा नयाँ नाटक मञ्चन हुँदै

पोखरा:     रेनाँसा थिएटरको प्रस्तुतीमा पोखरामा नयाँ नाटक मञ्चन हुने भएको छ । नयाँ वर्षको शुरु (वैशाख) १ देखि १५ दिनसम्म नाटक मञ्चन हुने निर्देशक धुव्र पौडेलले जानकारी दिए । 


साहित्यकार बुद्धिसागरको कथालाई नाटकमा रुपान्तरण गरेर नाटक मञ्चन गरिनेछ । स्मृति बिक्रि केन्द्र शिर्षकको कथालाई ऋतेशले नाट्य रुपान्तरण गरेका हुन् ।


नाटकले विज्ञान र प्रविधिको क्षेत्रमा भविष्यमा हुनसक्ने चमत्कारिक विकासलाई उठान गरेको निर्देशक पौडेलले बताए । ‘विज्ञान र प्रविधिको क्षेत्रमा दैनिक जसो चमत्कारहरु भईरहेका छन् । निकट भविष्यमा हामीले नाटकमा उठाएको विषयजस्तो चमत्कार नहोला भन्न पनि सकिन्न ।’ उनले भने ।


पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन हुनेछ । शनिवार तथा सार्वजनिक विदाको दिनमा दुई शो तथा अन्य दिन एक शो नाटक मञ्चन हुने रेनाँसा थिएटरका सँस्थापक एम डि काफ्लेले जानकारी दिए ।


नाटकमा प्रमिला तुलाचन, राजेन्द्र अधिकारी, विभु प्रसाद भुसाल, जनक पराजुली, विष्णु तिमिल्सिना, लक्ष्मण डुम्रे, उमा पुन, शितला अधिकारी, प्रियङ्का खड्का, कविता घर्तीमगर, सुस्मिता काप्री, सन्देश भण्डारी लगायतले अभिनय गरेका छन् ।  


यो नाटकबाट पोखराका दर्शकले नयाँ स्वाद प्राप्त गर्ने रेनेँसा थिएटरले विश्वास व्यक्त गरेको छ । ‘पोखरामा धेरै नाटकहरु मञ्चन भए, दर्शकहरुले मन पराउनुभएको छ ।’ निर्देशक पौडेलले भने, ‘पौराणिक कथामा आधारित, लोक नाटक लगायत अन्य धेरै विषयहरुमा मञ्चन भएका छन्, तर अहिले हामीले विल्कुल फरक विषयमा प्रस्तुती दिन खोजेका छौ ।’


नाटक मञ्चनका लागि अहिले अभ्यास र सेट निर्माणको काम धमाधम भईरहेको थिएटरले जनाएको छ । 

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा डा दीपक अर्याल नियुक्त गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको...

थप पढ्नुहोस्

पोखरा:   जिल्ला प्रशासन कार्यालय, कास्कीले मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका चार स्थानमा जाने सडकखण्डमा सवारीसाधन सञ्चालनको समय तोकेको छ।  कास्की प्रशासनले अ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ ।  रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी कि...

थप पढ्नुहोस्