लायन्स क्लब पोखरा पिस सिभिकको अध्यक्षमा विकास कँडेल
पाेखरा | चैत २५, २०८०
पोखरा: लायन्स क्लब अफ पोखरा सिभिकको अध्यक्षमा विकास कँडेल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिबेशनबाट लायन वर्ष २०२४÷२५ को अध्यक्षमा विकास कँडेल सर्वसम्मत निर्वाचित भएका हुन् ।
क्लबको प्रथम उपाध्यक्षमा मित्रबन्धु बराल, द्वितीय उपाध्यक्षमा गणेश पराजुली, तृतीय उपाध्यक्षमा यज्ञप्रसाद तिवारी, सचिवमा हरिप्रसाद अधिकारी, क्लब प्रशासकमा विनोद बराल, कोषाध्यक्षमा राजु कुँवर, सहसचिवमा मनमोहन अधिकारी, सह–कोषाध्यक्षमा रामचन्द्र अधिकारी चयन भएका छन् ।
यसैगरी, क्लब मेम्बरशिप चियर पर्सनमा नवराज अधिकारी, एलसिआइफ कोर्डिनेटरमा दीपेन्द्र बहादुर आले निर्वाचित भएको क्लबले जनाएको छ ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका आगामी बर्षका डिष्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद ढुंगाना, क्लबका संस्थापक अध्यक्ष पवित्रराज तिवारी, पूर्व अध्यक्षहरू युवराज खनाल, बुद्वीराज बराल (प्रदीप), किरण ढकाल, रामकृष्ण तिवारी निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष विनोद भुजेल लगायतले नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्णलाई बधाई सहित शुभकामना दिएका थिए ।
क्लबका अध्यक्ष रेशम खड़काको अध्यक्षतामा भएको कार्यक्रममा कोषको वारेमा जानकारी कोषाध्यक्ष हरिप्रसाद अधिकारीले र स्वागत प्रथम उपाध्यक्ष विकास कँडेलले र संचालन सचिव यज्ञप्रसाद तिवारीले गरेका थिए ।
पोखरा: पोखरा कलेज अफ म्यानेजमेन्ट(पिसिएम)ले स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई एक कार्यक्रमका वीच विदाइ गरेको छ । कलेजले विहिबार कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई मायाको चिनोसहित विदाइ गर...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्र...
पोखरा: पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ । पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण के...

