गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
पाेखरा | चैत २५, २०८०
पोखरा: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । कांग्रेसले भने सभामुखसहित पेस गरेको दाबी असंवैधानिक रहेको भन्दै मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरेको थियो ।
दिउँसो साढे ३ बजे शपथ ग्रहणको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

पोखरा: पोखरा कलेज अफ म्यानेजमेन्ट(पिसिएम)ले स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई एक कार्यक्रमका वीच विदाइ गरेको छ । कलेजले विहिबार कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई मायाको चिनोसहित विदाइ गर...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्र...
पोखरा: पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ । पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण के...

