गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएपछि सर्वोच्च जाने कांग्रेसको तयारी

पाेखरा | चैत २५, २०८०

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएपछि सर्वोच्च जाने कांग्रेसको तयारी तस्बिर फाइल

पोखरा:   नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने तयारी गरेको छ ।


गठबन्धनले गरेको दाबी पेस असंवैधानिक भएको भन्दै कांग्रेस सर्वोच्च जान लागेको कांग्रेस संसदीय दलमा प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । उनीहरू अहिले छलफल गरिरहेका छन् ।


गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार एमाले, माओवादी र राजीव गुरुङ ९दीपक मनाङ० को समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए ।


त्यसपछि प्रदेश प्रमुखले खगराजलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसपछि कांग्रेसले विरोध जनाउँदै सर्वोच्च जाने तयारी गरेका हो ।

पोखरा:  पोखरा कलेज अफ म्यानेजमेन्ट(पिसिएम)ले स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई एक कार्यक्रमका वीच विदाइ गरेको छ । कलेजले विहिबार कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई मायाको चिनोसहित विदाइ गर...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ ।  राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्र...

थप पढ्नुहोस्

पोखरा:  पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ ।  पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण के...

थप पढ्नुहोस्