चितवनमा बाघको आक्रमणबाट एक महिला घाईते
चितवन | असार १८, २०७९
                                
                            
 
  चितवन :      शनिवार विहान करिव ८ बजेको समयमा कुमरोज सामुदायिक वनमा घाँस काट्न गएकी एक महिला बाघको आक्रमणबाट  घाईते भएकी छिन् ।
खैरहनी नगरपालिका– १३ बस्ने बर्ष ३८ की बालिका गुरुङ्गलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार घाईतेको अवस्था गम्भीर छ । घाईतेको अहिले मेडिकल कलेज भरतपुरमा उपचार भई रहेकोछ ।
चितवनमा पछिल्लो समय बाघको आक्रमण वढेको छ । पछिल्लो एक वर्षमा चितवन निकुञ्ज वरपरका वनक्षेत्रमा मात्रै बाघको आक्रमणवाट १६ जनाको मृत्यु भैसकेको छ ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...
                    
