लमजुङमा ३५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न
लमजुङ | असार १८, २०७९
लमजुङ : लमजुङमा हालसम्म ३५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको छ । गत वर्षको तुलनामा पर्याप्त पानी परेसँगै अधिकांश भागमा छिटो रोपाइँ थालिएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।
कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले गत वर्षको तुलनामा छिटो रोपाइँ भएको बताउनुभयो । गत वर्ष यतिबेला मुस्किलले ३० प्रतिशतको हाराहारी रोपाइँ हुन्थ्यो । यस वर्ष जेठ महिनादेखि नै पानी परेकाले मूल फुटेको, भलपानी छोप्नुपर्ने र खोलाको किनारमा रहेका खेतलगायत अधिकांश ठाउँमा रोपाइँ भइरहेको उहाँको भनाइ छ ।
जिल्लाका केही भाग मकै ढिलो पाक्ने खेतमा भने रोपाइँ हुन बाँकी रहेको केन्द्रले जनाएको छ । जिल्लाका आठ पालिकामध्ये सबैभन्दा बढी मस्र्याङ्दी र क्व्होलासोथर गाउँपालिकामा रोपाइँ भएको उक्त केन्द्रका प्रमुख खतिवडाको भनाइ छ ।
केन्द्रका अनुसार लमजुङको ४५ हजार ५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये १६ हजार ६१२ हेक्टरमा धानखेती हुँदै आएको छ । त्यस्तै, ९१० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ । रोपाइँ हुने खेतमध्ये गत वर्ष ९० प्रतिशतभन्दा बढी खेतमा रोपाइँ भएको केन्द्रले जनाएको छ ।
जिल्लामा ठूला–ठूला फाँटहरु रामचोकबेँसी, राइनासटार, धमिलिकुँवा, चक्रतीर्थ, भलाखर्क, भोर्लेटार, दुईपिप्ले, सोतिपसल, परेवाडाँडा, सत्रसय, सुन्दरबजारलगायत स्थानमा बढी धान उत्पादन हुने गरेको छ ।
जिल्लाका किसानले सावित्री, जेठोबुढो, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्लेजस्ता उन्नत जातका धानलगायत मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली, युएस ३१२, उपज, वर्षे तीन हजार चारलगायत हाइब्रिड जातको धान लगाउँदै आएका छन् । त्यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान लगाउने गरेका छन् । गत वर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७७६ मेट्रिक टन धान उत्पादन भएको थियो ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...

