पोखरा ३३ मा ल्याण्डफिल्ड साइड लान नदिने सर्वदलीय निर्णय
कास्की | असार १८, २०७९
पोखरा: पोखरा महानगरपालिका ३३ को टिमुरफाँटामा ल्याण्डफिल्ड साइट सार्ने महानगरको प्रस्तावलाई सर्वदलीय नेता तथा स्थानीय अगुवाहरुले अस्वीकार गरेका छन् ।
क्रियाशिल विभिन्न राजनीतिक दल र स्थानीयबीच आज (शनिबार) वडामा भएको सर्वदलीय भेलाले पोखरा ३३ को टिमुरफाँटामा ल्याण्डफिल्ड साइट सार्ने महानगराको प्रस्तावको विरुद्धमा निर्णय गरेको हो ।
साथै सो भेलाले स्थानीय नागरिकसँग समन्यव नगरी गरेको प्रस्तावलाई सञ्चाउन माग गर्दै उक्त वडामा ल्याण्डफिल्ड साइट लान नदिने निर्णय गरेको छ । स्थानीय अगुवा तथा नेता किरण थापाले ३३ नम्बर वडामा क्रियाशिल विभिन्न राजनैतिक दलका अगुवाहरु ल्याण्डफिल्ड साइटलाई आफ्नो वडामा ल्याउँन नदिने पक्षमा रहेको बताए ।
उनका अनुसार सर्वदलीय बैठकपछि भएको निर्णयमा भनिएको छ, ‘पोखरा महानरपालिकाद्वारा समग्र महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने हाम्रो वडा नम्बर ३३ को टिमुरफाँटा भन्ने ठाउँमा महानगरले प्रस्ताव गरेकोले हामी पोखरा ३३ का क्रियाशिल राजनैतिक दलको गम्भीर ध्यानाकर्षण भएको छ ।
आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा नगरसभामार्फत जग्गा प्राप्ती र निर्माण प्रक्रिया सुरुवात गर्न रु १० करोड बजेट प्रस्ताव गरिएकोले आज (शनिबार) बसेको यस बैठकबाट हामी सम्पूर्ण राजनैतिक दलबाट उक्त कार्य रोक्न र निर्णय सच्याउन महानगरपालिका पोखरा ३३ वडा कार्यालयमार्फत पोखरा महानगरपालिका र प्रमुख धनराज आचार्यसँग जोडदार माग गर्ने सर्वसम्मत निर्णय गरियो ।
साथै वडास्तरमा कुनै सल्लाह र छलफल पनि नभई महानगरबाट हाम्रो जायज मागलाई सम्बोधन नहुने देखिएमा क्रमबद्ध तरिकाले जनस्तरबाट नै सँघर्षको सुरुवात गरि उक्त कार्य रोक्ने समेत निर्णय गरिन्छ । साथै उक्त कार्य रोक्न र अविलम्भ नगरसभाबाटै निर्णय सच्याउन सबै दलको तर्फबाट सँयुक्त ज्ञापन पत्र महानगर प्रमुखसमक्ष बुझाउने निर्णय गरियो ।’
उक्त बैठकमा नेपाली कांग्रैस ३३ का सभापति तिलक प्रसाद अधिकारी, सोही पार्टीकै टेक बहादुर महत, गोविन्द प्रसाद गौतम, नेकपा एमाले ३३ का अध्यक्ष दिपकराज लामिछाने, यसैगरि प्रतिनिधी चन्द्रप्रसाद पौडेल, ऋषिराम आचार्य, नेकपा माओवादी केन्द्रका यज्ञप्रसाद अधिकारी, बाबुराम अधिकारी, नेकपा समाजवादीका मनोहर शर्मा आचार्य, केशव आले यसैगरि जनता समाजवादी पार्टीका किरण थापा, शम्भु खाती परियार लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

