अर्मलाका बाढी पिडितलाई पुर्वेली एकता समाजको सहयोग

पाेखरा | असार १८, २०७९

अर्मलाका बाढी पिडितलाई पुर्वेली एकता समाजको सहयोग

 

पोखरा :     पोखरा महानगरपालिका वडा नं १६ अर्मला फेदिका बाढी पहिरो पीडित पाँच परिवारलाई पुर्वेली एकता समाजले सहयोग गरेको छ । स्थानीय राम बहादुर मगर तथा अति बिपन्न पुरे बिकको परिवारलाई खाद्यान्न तथा आधारभूत बन्दोबस्तीका सामान हरु वितरण गरिएको समाजका अध्यक्ष गुणराज बाँस्तोलाले जानकारी दिए ।

 

वितरण गरिएका सामानमा सिरक, डसना, पाँच जनाको परिवारलाई चाहिने भाँडाकुँडा लगायत छन् । वडा नं १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना तथा अन्य जनप्रतिनिधिको उपस्थितिमा राहत वितरण गरिएको हो ।

 

असार ११ गते बिहानपख परेको अविरल बर्षाको कारण आएको बाढीले मगरको घर पुर्ण रूपमा क्षती भएको हो भने अरु १२ घर आंशिक रूपमा क्षति भएको थियो ।

 

राहत हस्तान्तरण कार्यक्रमको संचालन समाजका सचिव मंगल लिम्बुले गरेका थिए। कार्यक्रममा समाजका सदस्य धनबहादुर तामाङले नगद रु एक हजार पाँच सय पाँच रुपैयाँ पीडित मगरलाई हस्तान्तरण गरेका थिए ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्