कस्केली अधिकृत समाजद्वारा डहरे देउराली, अन्धाअन्धी लगायतको प्रवद्र्धन गर्दै

पाेखरा | बैशाख ३, २०८१

कस्केली अधिकृत समाजद्वारा डहरे देउराली, अन्धाअन्धी लगायतको प्रवद्र्धन गर्दै

पोखरा:   कस्केली अधिकृत समाजले यही वैशाख ८ गते स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने भएको छ ।
    

समाजको वार्षिक कार्यक्रम अनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिदै आएकोमा यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानलाई समेटिएको कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले जानकारी दिनुभयो ।
    

पोखरा पर्यटन राजधानी घोषणा भैसकेका अवस्थामा पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन हुनु जरुरी रहेको अवस्थालाई दृष्टिगत गर्दै यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको उहाँले बताउनुभयो ।
    

धार्मिक एवम् पर्यापर्यटनका दृष्टिले आकर्षक गन्तव्य डहरे देउराली एवम् अन्धाअन्धी दहको दर्शन गरेमा मनोकांक्षा पूरा हुने प्राचीन जनविश्वास समेतले टाढाटाढाबाट दर्शार्थीहरू आउने गर्दछन् । पछिल्ला समयमा यी स्थलको संरक्षण र प्रवद्र्धनमा विभिन्न संघ संस्थाले जोड दिदै आएका छन् ।
    

समाजले यस अघिका वर्षमा पनि विभिन्न गन्तव्यको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको कस्केली अधिकृत समाजका सचिव महेश पौडेलले जानकारी दिनुुभयो । उहाँका अनुसार समाजले स्याङ्जाको धार्मिक एवम् ऐतिहासिक स्थल नुवाकोटस्थित काला भैरव मन्दिर, बाग्लुङको पञ्चकोट, बाग्लुुङ कालिका, पर्वत बाग्लुङका अग्ला पुलहरूको प्रवद्धनात्मक भ्रमण गरिसकेको छ । 
    

प्रवद्र्धनात्मक भ्रमणलाई लक्षित गरी कार्यसमिति सदस्य वासुदेव पौडेलको संयोजकत्वमा वसन्त चालिसे, चन्द्रवती अधिकारी, सन्तोष ढुुङ्गाना र सुमित्रा उदाश(मल्ल) सदस्य रहनुभएको उपसमिति समेत गठन गरिएको छ ।
    

भ्रमणकै अवसरमा समाजले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को क्यालेन्डर लोकार्पण गरिने भएको छ । क्यालेन्डर प्रकाशनका लागि समाजका सचिव महेश पौडेलको संयोजकत्वमा विष्णुप्रसाद पोखरेल र वासुदेव पौडेल सदस्य रहनुभएको उपसमिति पनि गठन गरिसकिएको समाजले जनाएको छ ।
 

पाल्पा:   पाल्पामा बुधबार बेलुका भएको बोलेरो जीप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ । नवलपुर जिल्लाको अरूणख...

थप पढ्नुहोस्

काठमाडौं:         आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीव...

थप पढ्नुहोस्

बागलुङ:     बागलुङको ढोरपाटन नगरपालिकामा जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बुतिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको ग२च २३१४ नम्बरको बोलेरो जीप मस्तीमा दुर्घटना हुँद...

थप पढ्नुहोस्