पोखरामा अवैध रुपमा माटो ओसारपोसार गर्ने ४ वटा टिप्पर नियन्त्रणमा

पाेखरा | बैशाख ३, २०८१

पोखरामा अवैध रुपमा माटो ओसारपोसार गर्ने ४ वटा टिप्पर नियन्त्रणमा

पोखरा:    पोखरामा स्वीकृति बिना नै माटो ओसारपोसार गर्ने ४ वटा टिप्परलाई प्रहरलिे नियन्त्रणमा लिएको छ । 


अवैध रुपमा पामेबाट माटो लिएर राष्ट्रबैंकचोकतर्फ आउँदै गरेको ४ वटा टिप्परलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा आवश्यक कागज तथा स्वीकृती नलिई अबैध रुपमा माटो ओसार पसार गरी रहेको अवस्थामा ग १ क ४१६०, ग १ क ४२८६, ग १ क ४२९४ र ग १ क ४०८९ नं. को टिप्परलाई फेलापारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

 

नियन्त्रणमा लिइएको टिप्परहरुलाई आवश्यक अनुसन्धान एंव कारवाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।   मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...

थप पढ्नुहोस्

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।   बुद्धटोल युवा क्लबको आय...

थप पढ्नुहोस्