जानकी माविमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण

पाेखरा | बैशाख ५, २०८१

जानकी माविमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण

पोखरा:     यूनाइटेड क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन मंगलबार पोखरा १७ महतगौंडामा रहेको जानकी माविमा अध्ययनरत छात्रालाई लक्षित गरी सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ ।  

भेन्डिङ मेसिन वितरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शिवराम भण्डारीले विद्यालयमा छात्राहरुलाई भेन्डिङ मेसिनले प्याड वितरणमा मितब्यायीता कायम गर्ने बताए । छात्राहरुले महिनावारीको वेलामा अझैपनि आफ्नो समस्याहरु खुलेर भन्न नसक्ने अवस्था आइरहदा अत्याधुनिक मेसिनबाट आफैले प्याड झिक्न सकिने भएकाले पनि यसले छात्राहरुको पढाइलाइ थप उर्जा दिने उनको भनाइ रहेको थियो ।


विद्यालय ब्यवस्थापन समितिका सदस्य हरि प्रसाद बासतोलाले सेनेटरी प्याड भेन्डिङ मेसिनको मूल्य भन्दा महत्व बढी रहेको बताउदै जानकी माविमा अध्ययनरत विद्यार्थीहरुले सिक्दै कमाउदै कार्यक्रम मार्फत बांसका सामाग्रीहरु निर्माण गर्दै आइरहेको र त्यसको उपयोग र बजारीकरणका लागि यूनाइटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा स्टल राखेर त्यसको प्रवद्र्धन गरिदिन समेत आग्रह गरे ।


यूनाइटेड क्लबका पुर्व अध्यक्ष सुक बहादुर गुरुङले यूनाइटेड क्लब १४ औं वर्ष सम्म आइपुग्दा पोखरा महानगरको ३३ वटै वडाका विभिन्न विद्यालयहरुमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिसकेका बताए । स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा काम गर्दै आईरहेकोमा यसपटक पोखरा १७ महतगौडामा रहेको जानकी माविमा अध्ययनरत छात्राहरुलाई लक्षित गरि प्रदान गरिएको सेनेटरी प्याड भेन्डिङ मेसिनले छात्राहरुको स्वास्थ्य संगै अध्ययनमा  सहायता पुग्ने विश्वास ब्यक्त गरे ।


विद्यालयका प्रध्यानाध्यापक अर्जुन कंडेलले यूनाइटेड क्लबले प्रदान गरेको भेन्डिङ मेसिन मार्फत विद्यालयमा अध्ययनरत छात्राहरुले महिनावारीको समयमा आवश्यक पर्ने सेनेटरी प्याड सहजै प्राप्त गर्न सक्ने भएकाले छात्राहरुलाई कुनै झण्झट ब्योहर्न नपर्ने र उनीहरुको पढाइलाई समेत सहायता पुग्ने वताउदै यूनाइटेड क्लबको सामाजिक कामको प्रशंसा गरे ।


सो अवसरमा बोल्दै क्लबका कार्यसमिति सदस्य तथा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण कार्यक्रमका संयोजक जयराम आचार्यले नेपालमै बनेको अत्याधुनिक भेन्डिङ मेसिन खरिद गरी विद्यालयलाई हस्तान्तरण गर्न पाउदा खुसी लागेको वताए । मेसिनको संरक्षण गर्न तर्फ समेत विद्यालय परिवारलाई उनको आग्रह रहेको थियो ।


यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले यूनाइटेड क्लवले सेती नदी संग जोडिएका वडाहरु संग सहकार्य गरेर आफुहरु सेती नदीमा पर्यटकीय गन्तब्य स्थल निर्माण गर्न तयार रहेको बताउदै त्यसका लागि पोखरा महानगरपालिका वडा नम्बर १७ संग समेत सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ रहेको थियो । 

काठमाडौँ:  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नुभएको छ ।   प्रधानम...

थप पढ्नुहोस्

सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ ।   मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जै...

थप पढ्नुहोस्

धरान:    यहाँको बराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ ।   अभिभावकको मागसँगै...

थप पढ्नुहोस्