विरौटाको कारवासबाट ४ जुवाडे पक्राउ

पाेखरा | बैशाख १०, २०८१

विरौटाको कारवासबाट ४ जुवाडे पक्राउ

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले जुवाखालबाट ४ जना जुवाडेलाई पक्राउ गरेको छ ।

 

पोखरा महानगरपालिका १७ विरौटास्थित स्टार कारवासको छाप्रोमा जुवातास खेलिरहेका ३८ वर्षीय भिम बहादुर बिकसहित ४ जनालाई गएराती पक्राउ गरेको हो ।

 

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नगद ४८ हजार ९५ रूपैयाँ र १ बुक तास बरामद गरेको छ ।

 

सो विषयमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले  जनाएको छ ।
 

बाँके:   जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ ।  आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त ह...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्त...

थप पढ्नुहोस्

पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ।  नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा...

थप पढ्नुहोस्