पर्यटकीय राजधानीलाई सफल बनाउन तीन तहकै सरकारको भूमिका: मुख्यमन्त्री अधिकारी

पाेखरा | बैशाख १२, २०८१

पर्यटकीय राजधानीलाई सफल बनाउन तीन तहकै सरकारको भूमिका: मुख्यमन्त्री अधिकारी

पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्पूर्ण हुने बताएका छन् । 

 

पोखरा लेकसाइडमा चारतारे होटलको रुपमा स्तरोन्नति भई सञ्चालनमा आएको होटल पोखरा भिलेज रिसोर्ट एण्ड स्पाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

 

‘एयरपोर्टदेखि होटलसम्म पुग्ने पूर्वाधारहरूसहज हुनुप¥यो, गुणस्तरीय हुनुप¥यो, त्यसका लागि तीन तहका सरकारको आफ्ना जिम्मेवारी छन्, ती सबै सरकार एक्सन कटमा जानुपर्छ । र मात्रै राजधानी घोषणालाई साकार दिइरहन सक्छौ,’ उनले भने ।  

 

पोखरालाई पर्यटकीय राजधानी घोषणा नेपाल सरकारको तर्फबाट गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनको गुनासो थियो । 

 

यति हुँदा हुँदै पनि प्रधानमन्त्रीको मुखारविन्दबाट घोषणा हुनु भने सुखद रहेको धारणा राखे  । 

 

निजी क्षेत्रबाट २५ औं करोड लगानी गरेर चारतारे स्तरको होटल सञ्चालन गर्न लागेकोमा खुशी व्यक्त गरे ।

 

२०६६ सालबाट थ्रीस्टारको सुविधा दिएको होटल स्तरोन्नती गरेर फोर स्टार लेभलमा सञ्चालन गर्न लागिएको सञ्चालक हरी शर्मा गैह्रेले जानकारी दिए ।

 

होटलमा डिलक्स, सुपर डिलक्स, हनिमुन, स्विट गरेर ६५ वटा रुम र तीनवटा हल रहेको छ । 
 
 

पोखरा:    बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ ।  विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोज...

थप पढ्नुहोस्

गण्डकीः   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको ...

थप पढ्नुहोस्

काठमाडौंः   डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन ।  विदेश जान मरिहत्ते ग...

थप पढ्नुहोस्