पूर्वी नवलपरासीमा १ सय ५० बढी जंगलमा आगोलागी

नवलपरासी | बैशाख १२, २०८१

पूर्वी नवलपरासीमा १ सय ५० बढी जंगलमा आगोलागी

नवलपरासीः पूर्वी नवलपरासीमा सोमबारदेखि फैलिएको आगो अहिले जिल्लाका एक सय ५० बढि स्थानका जँगलमा लागेको छ ।

 

सोमबार दिउँसो देखि फैलिएको आगोलागी जिल्लाका आठै पालिकामा रहेको वन जँगलमा डढेलोका रुपमा फैलिएको छ ।

 

पूर्व पश्चिम राजमार्गको दायाँबायाँ रहेको जँगलमा र कालीगण्डकी करिडोरको आसपास बुलिगँटार, बौदीकाली गाउँपालिकाको ८० बढि जँगलमा सोमबार साँझ देखि फैलिएको आगो अहिलेसम्म पनि दन्कीरहेको बुलिगँटार गाउापालिकाका वडा नं ३ का पूर्ववडाध्यक्ष यमबहादुर झेँडी मगरले बताउनुभयो ।

 

कालीगण्डकी करिडोरको ढोडँनी, भोक्रोफाँट, गडाम्दी, कोटथर, डाडाँझेरी बुलिगँटार हुदै बौँदीकालीका सबै जगँलमा आगो फैलिएको जिल्ला वन डिभिजनल कार्यालयका सूचना अधिकृत गञ्जन गहतराजले बताउनुभयो ।

 

पहाडी क्षेत्रमा फैलिएको आगोलागीबाट कुनै मानबीय क्षति भने नभएको र अहिले त्यस क्षेत्रमा प्रहरी समेत परिचालन गरि सम्भावित घटनाबाट बचाउन आवश्यक कार्यहरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माले बताउनुभयो ।

 

पहाडी क्षेत्रमा स्थानीयले समेत गस्ती गरि डढेलो गाउँबस्तीमा नपसोस भन्ने उद्देशयले काम गरिरहेका बुलिगँटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बताउनुुभयो । गैंडाकोट नगरपालिकाको ५५ भन्दा बढि ठाउँका जँगलमा डढेलो लागेको रड नगरपालिकाले माइक मार्फत सूचना दिन थालेको नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो ।

 

त्यसैगरी मध्यविन्दु नगरपालिका वडा नं १४ को चनौटे र सुर्खा जंगलमा लागेको आगो बस्तीमा पस्दा १२ घरगोठ जलेको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारका अनुसार आगलागीबाट चनौटेका ७ र सुर्खाका ५ घरगोठ जलेर नष्ट भएको छ ।

 

आगो निभाउने क्रममा मध्यविन्दु १४ चनौटेमा रहेको जनज्योति प्राविका शिक्षक देवचुली १३ प्रगतिनगर निवासी ५९ वर्षीय गंगा प्रसाद घिमिरे घाइते भएका छन् ।

 

उहाँको दुवै हात जलेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आगो स्थानीय बासिन्दा, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीले नियन्त्रणमा लिएको थियो ।

काठमाडौं: नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ । ...

थप पढ्नुहोस्

काठमाडौं:  पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालुका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ।  पशुपति क्षेत्र...

थप पढ्नुहोस्

पोखरा:  लामाचौरमा आयोजित अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पोखराको टप्स मावि र शान्ता मावि फाइनलमा प्रवेश गरेका छन् ।  आइतबार पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा पराज...

थप पढ्नुहोस्