नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो

काठमाडाैं | बैशाख १५, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो

काठमाडौं:     नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पहिलो खेलमा जित दर्ता गरेको छ ।


वेस्ट इन्डिज टोलीले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नेपाललाई ४ विकेटको जितसम्म पुर्याए । नेपालले ६ विकेटको नोक्सानीमा लक्ष्य पूरा गरेको हो ।


कप्तान रोहितले १९ औं ओभरमा कट बिहाइन्ड हुनुअघि १ सय १२ रन जोडे । उनले ५४ बलमा १० चौका र ६ चक्का प्रहार गरेका थिए । उनले २७ बलमा अर्धशतक पूरा गरेका थिए ।


नेपालले तेस्रो ओभरमा ओपनर अनिल शाहलाई गुमाएको थियो । उनी ९ बलमा ५ रन जोड्दै म्याथ्यु फर्डको बलमा टप एज लाग्दै क्याच आउट भए । लगत्तै पाँचौ ओभरमा कुशल १२ बलमा १६ रन जोड्दै विकेटकिपरको हातबाट समातिए ।


कुशल मल्ल सिंगल लिने धुनमा रनआउट हुँदा नेपाल दशौं ओभरमा ८२-३ को स्थितिमा थियो । त्यसपछि दीपेन्द्र र रोहितले चौथो विकेटका लागि ६४ रन जोडे । दीपेन्द्र १८ बलमा २ चौका र १ छक्कासहित २४ रन जोड्दै मिडअफमा क्याच आउट भए ।


विवेक यादव ठूलो सट खेल्ने धुनमा १८ औं ओभरमा ओबेड मकोएबाट बोल्ड भए । उनले ६ बलमा ७ रन मात्र जोडे ।


नेपाललले टस जितेर पहिलो ब्याटिङको निम्तो दिएपछि वेस्ट इन्डिज ए ले कप्तान रोस्टन चेजको ७४ रनमा बलियो स्कोर बनाएको हो । टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन जोड्यो ।


पहिलो ओभरमा ओपनर जोन्सन चार्ल्स आउट भएपनि वेस्ट इन्डिजले आक्रामक ब्याटिङमा पछि हटेन । कमल सिंह ऐरीले चार्ल्सलाई दोस्रो बलमा बोल्ड गरेका थिए । चौथो ओभरमा आन्द्रे फ्लेचर १३ रनमा रनआउट भए ।


अलिक अथान्जेले २५ बलमा ५ चौका र ३ छक्कासहित ४७ रन जोडे । उनी सातौँ ओभरमा कप्तान रोहितको बलमा ललितको हातबाट पोइन्टमा समातिए ।


केसी कार्टि र कप्तान चेजले चौथो विकेटका लागि ६० रनको साझेदारी गरे । कार्टि २६ बलमा ३८ रन जोड्दै अभिनाश बोहोराको बलमा क्याच आउट भए ।


चेजले ४६ बलमा ८ चौका र २ छक्कासहित ७४ रन जोडे । उनी अन्तिम ओभरमा दीपेन्द्रको शिकार बने । डेब्यु गरेका कदिम एलेनेले १४ रन बनाए ।


नेपालका लागि कमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहोराले १/१ विकेट लिए ।


५ खेलको सिरिज अन्तर्गत दोस्रो खेल आइतबार हुनेछ ।

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्