स्याङ्जामा चक्कु प्रहार गरी २० वर्षीय युवकको हत्या

स्याङ्जा | बैशाख १७, २०८१

स्याङ्जामा चक्कु प्रहार गरी २० वर्षीय युवकको हत्या

स्याङ्जा:     स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती–३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार गरेका हुन् । घाइते चौधरीको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको हो ।


चक्कु प्रहार गर्ने घर्तीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताए ।

काठमाडौं:    नेपाल क्रिकेट संघले क्रिकेटर सन्दीप लामिछाने माथि लगाएको निलम्बन फुकुवा गरेको छ । संघले आज एक विज्ञप्ति निकालेर उनिमाथि लगाइएको निलम्बन फुकुवा गरेको हो । ”सम्मानित उच्...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका–६ लेकसाइडमा सञ्चालनमा रहेका ५ वटा स्पा (मसाज) सेन्टरबाट ६जना बालिकाको उद्धार गरिएको छ ।  स्पा (मसाज) सेन्टरमा बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको गोप्य...

थप पढ्नुहोस्

पोखरा:   वीपी स्मृति भवन गण्डकी प्रदेश निर्माण समितिद्वारा वी पी स्मृति भवन गण्डकी प्रदेशको निर्माण कार्य सुरु भएको छ । पोखरा १९ लामाचौरमा रहेको आफ्नै जमिनमा अक्षय तृतीयाको पावन अवसरमा संकल्पित भवन आज...

थप पढ्नुहोस्