इलाम २ मा एमालेका उम्मेदवार सुहाङको अग्रता कायमै
इलाम | बैशाख १७, २०८१
इलाम: इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले तीन हजार ३५७ मतले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १० हजार ४१९ मतसहित अग्रता कायमै राख्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ६२ मत पाएका छन् ।
यस्तै तेस्रो स्थानमा स्वतन्त्रका उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ५ हजार ७५३ मत पाएका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बू एक हजार ४५१ मतसहित चौंथो स्थानमा रहेका छन् । एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले जम्मा २५८ मत पाएका छन् ।
पोखरा: पुसको जाडोको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो । मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादा...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले यस्तो घोषणा गर्नुभएको हो। &lsq...
पोखरा: विश्वकै प्रसिद्ध फुड ब्रान्ड केएफसीले पोखरा चिप्लेढुङ्गामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले २३ औं आउटलेट पोखरा चिप्लेढुङ्गाम...

