पामेका अनधिकृत संरचनामा पोखरा महानगरको डोजर

पाेखरा | बैशाख २४, २०८१

पामेका अनधिकृत संरचनामा पोखरा महानगरको डोजर

पोखरा:     पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेम बहादुर नेपाली र नारायण बहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी बलले हटाइदिएको छ ।


मादी गाउँपालिका वडा नं.२ का स्थायी बासिन्दा प्रेम बहादुर नेपाली र कास्कीकोट २४ बस्ने नारायण प्रसाद परियारले २०८० कात्तिक १२ गते ४ महिना विद्यालयको जग्गा खालि गर्ने शर्तनामा गरेका थिए । सोही सर्तनामा बमोजिम उनीहरूलाई विद्यालयको जग्गा खालि गर्न पटक पटक आग्रह गरेको भए पनि अटेर गरी बसेपछि महानगरले हटाउनु परेको हो । 


पोखरा २४ स्थित कालिका माध्यमिक विद्यालयको कि.न १८५४ मा अस्थायी टहरा निर्माण गरेको पाइएपछि उनीहरूलाई त्यहाँबाट हटाई पाउँ भनी विद्यालयले दिएको निवेदनका आधारमा आइतबार हटाइएको महानगरिय प्रहरी बलका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिनुभयो । 


यसैबिच पामे–चालिसे बडहरे–सिसौउडी–रत्नेटार हुँदै राउसेओडार कनेक्टिभिटी रोडको पामेचोकमा सडकको मापदण्ड विपरीत निर्माण गरिएको संरचना समेत हटाइएको छ । प्रहरी प्रमुख थापाका अनुसार पामेचोक स्थित पामे बचत तथा ऋण सहकारी संस्था रहेको भवन र राम कुमारी सुवेदीको अतिक्रमित संरचना हटाइएको छ । 


सडकको केन्द्र भागबाट ७ मिटरको मापदण्ड नछोडी संरचना निर्माण गर्दा सडकको मापदण्ड नपुगेका कारण निज राम कुमारी सुवेदी र कृष्ण प्रसाद तिमिल्सीनाको संरचना हटाइएको हो ।

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...

थप पढ्नुहोस्

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई  प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।   अख्तियार द...

थप पढ्नुहोस्