अमरसिंहको लेकाली सेकुवामा बियर च्यालेन्ज हुने
पाेखरा | जेठ ८, २०८१
पोखरा: जेठको ११ देखि १५ सम्म पोखराको अमरसिंहमा रहेको एमआरपी बियर रेष्टुरेण्टमा लेकाली बियर च्यालेन्ज हुने भएको छ ।
होटल टास्क ईन्टरनेशनल प्रालिको आउटलेट लेकाली सेकुुवा रेष्टुरेण्ट एण्ड बारले सञ्चालनमा ल्याएको एमआरपी बियर रेष्टुरेण्टकोे दोश्रो वर्ष प्रवेशको अवसरमा लेकाली बियर च्यालेन्ज गर्ने भएको हो ।
बियर पारखीहरुलाई लक्षित गरी बियर पिउने प्रतियोगितानै लेकाली बियर च्यालेन्ज प्रतियोगिता भएको र उक्त प्रतियोगितामार्फत बियरको अनुपम अनुुभव लिन सकिने रेष्टुुरेण्टका सञ्चालक मिन बहादुर गुरुङले बताए ।
उक्त कार्यक्रम अन्तर्गत जेठ ११ देखि १४ सम्म हरेक दिन एउटा इभेन्ट सम्पन्न हुनेछ । इभेन्टमा सहभागी हुनका लागि पहिला आउनेलाई प्राथमिकता दिदै प्रत्येक दिन १० जनाले सहभागिता जनाउन सक्नेछन् ।
१० जना मध्ये १० मिनेटको अवधिमा जस्ले बढी बियर पिउन सक्छ सो व्यक्ति उक्त इभेन्टको विजयी हुने छ । इभेन्टमा सहभागीले प्राप्त मात्रामा बियर पिउन सक्नेछन् । ११ देखि १४ गते सम्मका लागि हरेक दिनको इभेन्टमा विजयीले एक कार्टुन बियर, प्रमाणपत्र र एक वर्षका लागि एमआरपी बियर रेष्टुरेण्टमा प्रिभिलेज कार्ड प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागि हुनका लागि १५ सय शुल्क लाग्ने र अन्तिम प्रतिस्पर्धाका लागि कुनैपनि शुल्क नलाग्ने संचालक गुरुङले बताए ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि होटल टास्क इन्टरनेशनल प्रा. लि., लेकाली चुलो घर, लेकाली कफी हाउस, लेकाली सिटी भ्यू रेष्टुरेण्ट र लेकाली सेकुवा एण्ड सुकुटी घरमा सम्पर्क गर्न सकिने छ ।
लेकाली सेकुुवा रेष्टुरेण्ट एण्ड बारले सञ्चालनमा ल्याएको एमआरपी बियर रेष्टुरेण्टमा एमआरपीमा बियरहरु उपलब्ध हुदै आएको छ भने धराने बंगुर, बंदेल, मटन, चिकन, बफको सेकुवासंगै हांस, बफ सुकुटी र बट्टाइका परिकारहरु उपलब्ध रहेका छन् । दोश्रो वर्ष प्रवेशसँगै ड्राफ्ट बियर बारसमेत ग्राहकहरु समक्ष पस्कने सञ्चालकले जनाएको छ ।
प्रतियोगिताको अन्तिम दिन सांझ राष्ट्रिय कलाकारहरुद्धारा सांगीतिक कार्यक्रम सहित लाइभ म्युजिक समेत रहने छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

