पाेखरा १४: सेतीबाट नदीजन्य पदार्थ चोरी निकासी गर्ने ४ ट्याक्टर नियन्त्रणमा

काठमाडाैं | जेठ ८, २०८१

पाेखरा १४: सेतीबाट नदीजन्य पदार्थ चोरी निकासी गर्ने ४ ट्याक्टर नियन्त्रणमा

पोखरा:  कास्की प्रहरीले सेती नदीबाट अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गरेको अवस्थामा ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

 

पोखरा महानगरपालिका वडा १४ बाच्छीबडुवाबाट अवैध रुपमा नदिजन्य पदार्थको (ढुङ्गा, गिट्टी, बालुवा) उत्खन्न गरी लोड गर्दै गरेको अवस्थामा ग १ त ३३२०, ग १ त ३३३१, ग १ त ३६२४ र ग १ त ६५१७ नम्बरको ट्याक्टरलाई मंगलबार नियन्त्रणमा लिइएको हो ।

 

प्रहरी चौकी चाउँथेबाट खटिएको प्रहरी टोलीले चेकजाँजको क्रममा प्रयोजन खुल्ने कागजात साथमा नभएकाले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एंव कारवाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।

 

सेती नदीको विभिन्न घाटको टेण्डर नखुल्दा अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी बढिरहेको छ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्