पोखरा २६ का महिलालाई ब्युटिसियन तालिम
पाेखरा | जेठ ९, २०८१
लेखनाथ: पोखरा महानगरपालिका २६ ले संचालन गरेको ब्युटिसियनसम्बन्धि तालिम सम्पन्न भएको छ ।
तालिमको समापन गर्दै पोखरा महानगरपालिका २६ का वडाध्यक्ष नरेन्द्र थापाले सीप र ज्ञानलाई व्यवसायीक रुपमा प्रयोगमा ल्याउन आग्रह गरे ।
वडाध्यक्ष थापाले महिला दिदीबहिनीहरुकै माग अनुसार सौन्दर्य सम्बन्धि तालिम प्रदान गरिएको स्पष्ट पार्दै तालिम पश्चात व्यवसाय संचालन गरे वडाले थप सहयोग गर्ने उल्लेख गरे ।
अध्यक्ष थापाले लक्षित समूहको बजेटबाट महिलाहरुका लागि सिप उपयोगी तालिम प्रदान गरिएको उल्लेख गर्दै साबुन बनाउने तालिम समापनको संघारमा रहेको बताए ।
पोखरा महानगरपालिका २६ का वडा महिला सदस्य लक्ष्मी देवी भट्टराईको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा वडा सदस्य सुजता बराल सुनार, वडा सचिव लिलामणि भण्डारी, वडाका सूचना अधिकारी नवराज सापकोटा, कृषि सञ्जालका अध्यक्ष केशवराज ढुंगाना, प्रशिक्षक रुपकला श्रेष्ठ, प्रशिक्षार्थी दिब्या बराल र मुना सापकोटाले आफ्ना धारणा राखेका थिए ।
४५ दिनसम्म संचालन भएको तालिममा विभिन्न महिला तथा आमा समूहका ४५ जनाको सहभागिता रहेको थियो । तालिम रुपकला व्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले व्यवस्थापन गरेको थियो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

