प्रहरीमा जागिर लगाउने भन्दै ठगी गर्ने पासवान पक्राउ

मोरङ | जेठ १३, २०८१

प्रहरीमा जागिर लगाउने भन्दै ठगी गर्ने पासवान पक्राउ

मोरङ:    नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा कटहरी गाउँपालिका–३ बस्ने ४५ वर्षीय पन्चु पासवान रहेका छन् ।

 

प्रहरीका अनुसार पासवानले कटहरी गाउँपालिका–५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिने भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिएका थिए ।

 

सो सूचना अनुसार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

 

पासवानविरुद्ध ठगी सम्बन्धि कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी थप  आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्