कांग्रेसलाई पेलेरै सरकारले पारित गर्यो नीति तथा कार्यक्रम
काठमाडाैं | जेठ १३, २०८१
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रतिनिधि सभाको आइतबारको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।
यसअघि गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रम कांग्रेसको नाराबाजीबीच पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरे।
गत जेठ १ गते नै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनमा वाचन गरेका थिए ।
तर त्यसबेला कांग्रेसको अवरोध र नाराबाजीका कारण संसद्ले राष्ट्रपतिलाई धन्यवाद दिन पाएको थिएन । यसअघि जेठ ८ मा कांग्रेसको अवरोधबीच नै धन्यवाद प्रस्ताव पारित भएको थियो ।
नीति तथा कार्यक्रम पनि कांग्रेसलाई पेलेरै सरकारले पारित गरेको हो । सत्ता पक्षले आइतबार नीति तथा कार्यक्रम पारित गरेपछि अब यही बुधबार बजेट ल्याउँदैछ ।
नीति तथा कार्यक्रम माथिको छलफलमा सत्ता पक्षका नेता, अर्थमन्त्री वर्षमान पुन तथा प्रतिपक्षी नेता प्रेम सुवाल र चित्रबहादुर केसीले मात्र भाग लिए ।
यद्यपि आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा दुई महिनादेखिको अवरोध आजै बेलुका वा भोलिसम्ममा अन्त्य हुने बताएका छन् । तर उनले त्यसो भने पनि कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित भएको छ ।
आइतबार आगामी वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै संसद्मा रहेको अवरोधबारे प्रतिपक्षीसँग निरन्तर छलफल भइरहेकाले निष्कर्ष निस्किन लागेको दाहाले बताए ।
सहकारीको बचत रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद्का दुवै सदनका बैठक अवरुद्ध गरिरहेको छ ।
सत्ता पक्ष कांग्रेसलाई पेलेरै जाने नीतिमा हिँडेपछि अब बजेट पनि विरोधबीच आउने अनुमान गरिएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

