पोखरामा साइकल चोरी गरेको आरोपमा नाबालकसहित ४ जना पक्राउ
काठमाडाैं | जेठ १९, २०८१
पोखरा: पोखरामा साइकल चोरी गरेको आरोपमा नाबालकसहित ४ जना पक्राउ परेका छन् । साइकल चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदामले २ नाबालकसहित ४ जनालाई जिरोकिलोमिटरबाट पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका ५ जिरोकिलोमिटर स्थित फर्निचर उद्योगमा चोरीका साईकल किनवेच गरिरहेको अवस्थामा चोरीका ६ थान साईकलसहित ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
सिन्धुपाल्चोकका ५१ वर्षीय भिमसेन थामी, स्याङजाका २४ वर्षीय मदन सुनार र कास्कीका १४ वर्षीय र १७ वर्षीय दुई बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी शर्माले बताए । उक्त साइकल कसैको चोरी भएको भएमा प्रमाण लाग्ने कागजातसहित सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

