एमाले कुनै मोर्चाको पक्षमा छैन: वरिष्ठ उपाध्यक्ष पोखरेल

पाेखरा | जेठ २०, २०८१

एमाले कुनै मोर्चाको पक्षमा छैन: वरिष्ठ उपाध्यक्ष पोखरेल

पोखरा:    नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने बताउनुभएको छ । 


शनिबार पोखरामा नेकपा (एमाले) पोखरा महानगरपालिका कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले ०८४ मा हुने निर्वाचनमा बहुमत ल्याएपछि एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दावी गर्नुभयो ।

 
‘जहिलेसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापीत हुन सक्दैन । त्यसबेलासम्म यो देशका समस्या समाधान गर्न सकिदैन, राष्ट्रियताको समस्या समाधान गर्न सकिदैन, राष्ट्रिय स्वाभिमानका मुद्दाहरु प्रभावकारी ढंगले उठाउन सकिदैन’ उहाँले भन्नुभयो ।

 
देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखिनै सुदृढ बनाउनुपर्नेमा उहाँको जोड थियो ।


अहिलेको राजनीतिक समीकरण मिसन ८४ लाई सहयोग पुग्ने सकारात्मक स्टेप मात्र भएको भन्दै एमाले कुनै मोर्चाको पक्षमा नरहेको समेत उहाँले खुलाउनुभयो ।


‘हामी यतिबेला कुनै मोर्चाको पक्षमा छैनौं । यो समाजवादी मोर्चा, वामपन्थी एकता ठुला–ठुला कुरा गर्ने कामचाहीं अर्कै गर्ने, त्यसकारण हामीले भनेको के हो भने वामपन्थीको एकता भन्दा पनि कामपन्थी एकता चाहियो’ उहाँले प्रष्ट पार्नुभयो ।

 
कामको आधारमा अहिलेको समीकरणले दलहरुलाई नजिक ल्याउन भने सक्ने उहाँको भनाई छ । ‘कामको आधारमा एकता हुन्छ, सकारात्मक काम गर्नेहरु एकठाउँमा जम्मा हुन्छन्, सकारात्मक काम गर्न नसक्नेहरु अर्को ठाँउमा जम्मा हुन्छन्’ उहाँले थप्नुभयो ।

 
नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले आगामी निर्वाचनमा तीनवटै तहमा एमालेले बहुमत ल्याउनुपर्ने बताउनुभयो । अहिलेको समीकरण एमालेललाई निर्णायक तहमा पु¥याउने एउटा कदम मात्र भएको उहाँको भनाई थियो ।

 
उहाँले आगामी निर्वाचनमा पोखरा महानगरपालिका ३३ वटै वडामा जित्नेगरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।  ‘क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो महानगरपालिका बनाउन चुनौती भएपनि एमाले बाहेक अरुले बनाउन सक्दैन, त्यसको लागि पुराना घटना विर्सेर अगाडि बढौं’ उहाँको आग्रह थियो ।

 
अधिवेशनले आज नयाँ नेतृत्व चयन गर्नेछ ।

बाँके:   जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ ।  आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त ह...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्त...

थप पढ्नुहोस्

पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ।  नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा...

थप पढ्नुहोस्