विदेश जानुपूर्व सीपमूलक तालिमप्रति युवा आकर्षित
काठमाडाैं | असार २१, २०७९
काठमाण्डौँ: रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने युवाहरुले पछिल्लो समय सीपमूलक तालिम लिन थालेका छन् । सीप सिकेर विदेश जाँदा सिकेकै काम पाइने, पारिश्रमिक राम्रो पाइने र काम नपाउने जोखिम कम हुने भएकाले युवाहरु सीपमूलक तालिममा सहभागी हुन थालेका हुन् ।
स्विट्जरल्यान्ड र नेपाल सरकारको साझेदारीमा बागलुङमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले राहदानी बनाउने बेला नै युवाहरुलाई सीपमूलक तालिमका लागि प्रेरित गर्ने गरेको छ । परियोजना सुरु भएपछि चालु आर्थिक वर्षमा खाडी मुलुक, मलेसिया लगायतका देशहरुमा जाने १३१ जनाले सीपमूलक तालिम लिएका छन् ।
“यो सकारात्मक तथ्याङ्क हो, युवाहरुलाई सीप सिकेर विदेश जाँदा धेरै कुरामा सहज हुन्छ,” वैदेशिक रोजगार बोर्ड सामी परियोजनाका कार्यक्रम अधिकृत शिव रेग्मीले भन्नुभयो, “सुरुआतमा भन्दा यो वर्ष सीप सिक्न चाहने युवाको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ ।” कार्यक्रमले मेसन, कार्पेन्टर, हाउस किपिङ, कुक, तथा अन्य सीपमूलक तालिमहरु निःशुल्क उपलब्ध गराउने गरेको छ । “सीप सिकेपछि मजदुर दक्ष हुन्छ, सोही अनुसारको पारिश्रमिक पाउँछ, अदक्षले १० वर्षमा कमाउने पैसा दक्ष कामदारले पाँच वर्षमा कमाउन सक्छ,” उहाँले भन्नुभयो, “अझै पछि एजेन्टहरुको दबाबमा सीप नसिकी विदेसिने धेरै छन्, यो गलत हो ।”
सामी परियोजना बागलुङका संयोजक मीनप्रसाद पौडेलका अनुसार परियोजनाले स्थापना गरेको आप्रवासी स्रोत केन्द्रबाट व्यक्तिगत परामर्श चार हजार ५६५ जनाले लिएका छन् । जसमा महिलाको सङ्ख्या एक हजार ७२६ छ । परियोजनाले समुदायमा आधारित कार्यक्रम चलाउँछ । आप्रवासी स्रोत केन्द्रमा दर्ता तथा समाधान भएका घटनाहरुको सङ्ख्या ९१ रहेका छन् । विदेश जान गरेको लगानी ठगिएका, विदेशमा ठगिएका, अप्ठयारोमा परेका, तलबभत्ता नपाएका लगायतका गुनासा तथा समस्या केन्द्रमा आउने गरेका छन् ।
वैदेशिक रोजगारीमा भएका घटनामा भएको क्षतिमा राहतस्वरुप केन्द्रले तीन करोड नौ लाख ४५ हजार ६८ आर्थिक सहायता दिलाउन सहजीकरण गरेको जनाइएको छ । चालु आवमा वैदेशिक रोजगारीका क्रममा समस्या (ठगी, जालसाजी तथा पासपोर्ट होल्ड)मा परेका कामदार तथा उनीहरुका परिवारलाई कानुनी सहायताका लागि प्राप्त ४८ उजुरी, गुनासा वा समस्याहरुमध्ये पाँचका उजुरी पूर्ण रुपमा समाधान भएको पौडेलले बताउनुभयो । ती घटनाका पीडितहरुले १० लाख क्षतिपूर्ति पाएका छन् । परियोजनाले चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १६ जनाको शव नेपाल ल्याउन सहजीकरण गरेको जनाएको छ । विदेशमा मृत्यु भएकामध्ये अधिकांशको हृदयघातका कारण मृत्यु हुने गरेको तथ्याङ्क आप्रवासी स्रोत केन्द्रसँग छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

