गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट: नवलपुर र स्याङजाको जित
पाेखरा | असार ३, २०८१
पोखरा: गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट अन्तर्गत नवलपुर र स्याङजाले जित निकालेका छन् ।
पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी समुह ‘बी’ को खेलमा उनीहरुले जित निकालेका हुन् । नवलपुरले पर्वत विरुद्धको खेलमा ६ विकेटले जित हात पारेको छ ।
वर्षाका कारण ५ ओभर घटाइएको खेलमा टस जितेर पारीको सुरुवात गरेको पर्वतले ७ विकेटको क्षतीमा ९३ रन बनायो ।
पर्वतका लागि रितिक थापाले २९ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए भने अमृत गुरुङले १५ बलमा २ चौका र एक छक्काको मद्धतले २३ रन जोडे । पर्वतका दिपेन्द्र भण्डारीले १३, रोशन गौतमले ११ र सन्देश खड्काले १० रन जोडे ।
नवलपुरका लागि बलर ऋषी गोविन्द श्रेष्ठले ३ ओभरमा १९ रन दिएर ३ विकेट लिए भने कमल परियारले २, सुदिप अर्याल र स्विकार श्रेष्ठले समान १–१ विकेट लिए ।
९४ रन पछ्याएको नवलपुरले १३।४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । खेलको म्यान अफ दि म्याच समेत रहेका नवलपुरका प्रमिश अर्यालले ३६ बलमा चार चौका प्रहार गर्दै ३४ रन जोडे । तर अर्का ओपनर गोविन्द विक भने सून्य रनमा पेभिलिएन फर्किए । उनी रन आउट भएका थिए ।
रिजन काफ्लेले १६ बलमा २ चौकासहित २७ रनमा नटआउट रहे भने दिपक डुम्रेले १४ रनको योगदान दिए । पर्वतका रोशन गौतमले २ विकेट लिए भने विकाश क्षेत्रीले १ विकेट आफ्नो नाममा लेखाए ।
स्याङजाका किरणले लिए ५ विकेट
गोरखा विरुद्धको खेलमा स्याङजाका बलर किरण भट्टराईले ५ विकेट लिंदा स्याङजाले १० विकेटले सम्मानजनक जित दर्ता गरेको छ । टस जितेर ब्याटिङमा उत्रिएको गोरखा १८।१ ओभरमा सबै १० विकेट गुमाउँदै ७४ रनमा समेटियो ।
अतिरिक्त १३ रन समेत पाएको गोरखाका गौरव पौडेलले ३५ रनको योगदान बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
स्याङजाका किरणले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा दुई मेडनका साथ ७ रन दिएर ५जनालाई आउट गरे । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए । त्यस्तै विपिन राज न्यौपानेले ३.१ ओभरमा ४ रन दिएर ३ विकेट लिए भने अंकित न्यौपाने र तुल्सी भण्डारीले समान १–१ विकेट लिए ।
यता जवाफी व्याटिङमा उत्रिएको स्याङजाले विस्फोटक व्याटिङ गर्दै ८.४ ओभरमा कुनै पनि विकेट नगुमाई ७५ रनको लक्ष्य भेट्टायो । स्याङजाका ओपनर खेलाडी द्वय इश्वर क्षेत्री र करण पगेनीको जोडीले उत्कृष्ट व्याटिङ गर्दै लक्ष्यमात्रै भेट्टाएनन् टिमकालागि २ अंक समेत जोडे ।
इश्वरले २३ बलमा ३ चौका र ३ छक्काको मद्धतले ३६ रन बनाउँदा करणले २९ बलको सामना गर्दै ३ चौक र एक छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए ।
मंगलबार पहिलो खेल पर्वत र स्याङजाका बीच हुनेछ भने दोस्रो खेल पर्वत र नवलपुरबीच हुनेछ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

