अन्तरजातीय विवाहको कथामा फिल्म इश्वरको ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं:   साउन ११ गतेदेखि देशव्यापी रिलिज हुने फिल्म ुईश्वरुको ट्रेलर सार्वजनिक भएको छ ।

 

सामाजिक विषयवस्तुमा बनेको फिल्मको ट्रेलर निर्माण कम्पनीले सामाजिक संजाल युट्युबमार्फत सार्वजनिक गरेको हो ।

 

राजु गिरी निर्देशित फिल्म ईश्वरको ट्रेलमा अन्तरजातीय प्रेम कथालाई प्रमुख कथा बनाईएको छ ।

 

राजु गिरीले निर्देशन गरेको फिल्मको ट्रेलरमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

 

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई हरिबहादुर थापाले निर्माण गरेका हुन् । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।

 

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ ।

 

अभिनेत्री अनु शाहले ५ वर्षपछि यसै फिल्मबाट अभिनयमा कमब्याक गरेकी छन् । उनको पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘पसिना’ हो ।

 

फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । रामेश्वर हुँमागाईको छायांकन रहेको फिल्ममा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरणको आरआर फिल्मसले गर्दैछ । 

काठमाडौं:   ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘म...

थप पढ्नुहोस्

पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका ब...

थप पढ्नुहोस्

पोखरा:   गायिका शान्ति श्रीष मगरको स्वरमा रहेको ‘युके बस्ने दाइ...’ बोलको गीतको म्युज...

थप पढ्नुहोस्

पोखराः  रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानको संयुक्त आयोजनामा पोखरामा जारी कास्की आइडलको टप...

थप पढ्नुहोस्

पोखरा:  दशौं मिस तामाङ पोखरा–२०२६ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ । तयारीका ला...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ।  क्य...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की...

थप पढ्नुहोस्

पोखरा: पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक बुधबार सार्वजनिक भएका छन् ।  ...

थप पढ्नुहोस्

काठमाडौं:   ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको ...

पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ ।      गिताञ्जली साहित्य परिवार पोखरा र ...

पोखरा:   गायिका शान्ति श्रीष मगरको स्वरमा रहेको ‘युके बस्ने दाइ...’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरेश राना मगरको रचना रहेको गीतमा पुरुष आवाज सागर ...

पोखराः  रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानको संयुक्त आयोजनामा पोखरामा जारी कास्की आइडलको टपटेन छनोट चरण सम्पन्न भएको छ । आइडलमा गायन र नृत्य विधामा प्रतियोगीहरूले आफ्ना प्र...

पोखरा:  दशौं मिस तामाङ पोखरा–२०२६ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ । तयारीका लागि पोखरा महानगरभित्र रहेका विभिन्न तामाङ घेदुङ इकाइहरू बीच छलफल कार्यक्रम सम्पन्न भएको...

पोखरा:   पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ।  क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनो...

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍म...

पोखरा: पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक बुधबार सार्वजनिक भएका छन् ।  पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका “लेखन ...